प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp23 सङ्‌ख्या १ पृ. ३-४
  • मानसिक स्वास्थ्य समस्या—विश्‍वव्यापी समस्या

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानसिक स्वास्थ्य समस्या—विश्‍वव्यापी समस्या
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानसिक स्वास्थ्य भनेको के हो?
  • मानसिक असन्तुलन
  • मानसिक स्वास्थ्य समस्या भएकाहरूका लागि मदत
  • मानसिक समस्याबारे तपाईंले के थाह पाउनुपर्छ?
    ब्यूँझनुहोस्‌!—२०१५
  • मानसिक सुस्वास्थ्यबारे ईश्‍वरको प्रतिज्ञा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • तपाईंको प्रियजनको मानसिक सन्तुलन ठीक नहुँदा
    ब्यूँझनुहोस्‌!—२००४
  • ‘मानसिक स्वास्थ्यको दयनीय अवस्था’
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
wp23 सङ्‌ख्या १ पृ. ३-४
एउटी निराश युवती झ्यालमा बसिरहेकी छिन्‌।

मानसिक स्वास्थ्य समस्या—विश्‍वव्यापी समस्या

“मलाई कुनै कारणैविना अचाक्ली चिन्ताले सताउँछ।”

“जब म एकदम खुसी हुन्छु, तब मलाई अचानक चिन्ताले छोप्न थालिहाल्छ। यस्तो थुप्रै पटक भएको छ।”

“म सकेसम्म आज एक दिनको कुरामा मात्र ध्यान दिने कोसिस गर्छु। तर कहिलेकाहीँ मलाई अचानक धेरै कुराको चिन्ताले सताउन थाल्छ।”

यी अभिव्यक्‍तिहरू मानसिक स्वास्थ्य समस्यासित जुझिरहेकाहरूको हो। के तपाईँ वा तपाईँले माया गर्ने कसैले यस्तै समस्याको सामना गर्नुपरेको छ?

छ भने यस्तो समस्या भोग्ने तपाईँ मात्र हुनुहुन्‍न। आज कतिपयले यस्तो समस्या आफैले भोगिरहेका छन्‌ भने अरू कतिपयको चाहिँ प्रियजनले यस्तो समस्या भोगिरहेका छन्‌।

अहिले हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेकाले तनाव बढाउने विभिन्‍न समस्या झेल्नुपरेको छ। (२ तिमोथि ३:१) विश्‍व स्वास्थ्य सङ्‌गठनको एउटा अध्ययनले देखाएअनुसार विश्‍वभरि नै प्रत्येक ८ जनामा १ जनाले मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेका छन्‌। साथै सन्‌ २०२० मा कोभिड-१९ महामारीले गर्दा अचाक्ली चिन्ताको (एङ्‌जाइटी) सामना गर्नेहरूको सङ्‌ख्या २०१९ को तुलनामा २६ प्रतिशतले बढ्यो भने गम्भीर डिप्रेसनको सिकार हुनेहरूको सङ्‌ख्या २८ प्रतिशतले बढ्यो।

यस्ता तथ्याङ्‌कहरूबाट आज संसारभरि कति जनाले मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन्‌ भनेर थाह पाउन सकिन्छ। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा यस्तो समस्याले गर्दा तपाईँ वा तपाईँले माया गर्ने व्यक्‍तिले कस्तो महसुस गर्दै हुनुहुन्छ अनि मानसिक स्वास्थ्य राम्रो बनाउन के गर्नुपर्छ भनेर बुझ्नु हो।

मानसिक स्वास्थ्य भनेको के हो?

मानसिक स्वास्थ्यले कुनै पनि व्यक्‍तिको त्यस्तो अवस्थालाई जनाउँछ, जसमा तिनको भावनात्मक अवस्था राम्रो हुन्छ र तिनले राम्ररी कामकुरा गर्न सक्छन्‌। तिनी जीवनमा आइपर्ने सामान्य तनावसित जुझ्न सक्छन्‌, उत्पादनशील तरिकामा काम गर्न सक्छन्‌ र सन्तोषजनक जीवन बिताउन सक्छन्‌।

मानसिक असन्तुलन

  • के होइन? यो कुनै व्यक्‍तिमा भएको कमीकमजोरीले गर्दा हुने समस्या होइन।

  • के हो? यो एउटा स्वास्थ्य समस्या हो, जसले गर्दा कुनै व्यक्‍तिलाई अत्यधिक तनाव हुन्छ अनि तिनले ठीकसित सोच्न, व्यवहार गर्न र आफ्नो भावनालाई काबूमा राख्न सक्दैनन्‌।

  • त्यस्तो व्यक्‍तिलाई अरूसित आत्मीय सम्बन्ध कायम राख्न र दैनिक कामकुरा गर्न गाह्रो हुन सक्छ।

  • यस्तो समस्या जुनसुकै उमेर, संस्कृति, जाति, वर्ण, धर्म, आर्थिक स्तर वा शैक्षिक पृष्ठभूमिका मानिसहरूलाई हुन सक्छ।

तस्बिरहरूको सँगालो: १. एक किशोर दुःखी र निराश देखिन्छन्‌। २. एक पति आफ्नी पत्नीलाई सान्त्वना दिन्छन्‌। ३. एउटी महिला डाक्टरसित कुरा गर्छिन्‌।

मानसिक स्वास्थ्य समस्या भएकाहरूका लागि मदत

यदि तपाईँले आफू वा आफूले माया गर्ने व्यक्‍तिको आनीबानी वा व्यवहारमा एक्कासि परिवर्तन आएको, निद्रा र खानपानमा गडबडी भएको अथवा लामो समयदेखि चिन्तित, निराश वा तनावमा भएको याद गर्नुभयो भने त्यसको कारण पत्ता लगाउन र उपयुक्‍त उपचार गर्न डाक्टरको मदत लिनुपर्ने हुन सक्छ। किन?

सबैभन्दा बुद्धिमान्‌ व्यक्‍ति येसु ख्रिष्टले एकपटक यसो भन्‍नुभएको थियो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको खाँचो पर्छ।” (मत्ति ९:१२) मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेकाहरूले समयमै औषधी-उपचार पाए भने तिनीहरूमा देखिएका लक्षणहरू कम हुन सक्छ र तिनीहरूले सामान्य जीवनयापन गर्न अनि पहिलाजस्तै सन्तुष्टि महसुस गर्न सक्छन्‌। त्यसैले त्यस्ता लक्षणहरू गम्भीर किसिमका छन्‌ वा लक्षणहरू देखिएको लामो समय भइसकेको छ भने उपचार गरिहाल्नुपर्छ।a

बाइबल चिकित्सासम्बन्धी किताब होइन। तर यसमा भएको जानकारीले हाम्रो मानसिक स्वास्थ्यलाई राम्रो बनाउन सक्छ। मानसिक स्वास्थ्य समस्यासित जुझ्न बाइबलले कसरी मदत गर्न सक्छ? यसबारे बुझ्न कृपया यसपछिका लेखहरू पढ्‌नुहोस्‌।

a प्रहरीधरहरा पत्रिकाले कुनै खास उपचारको सिफारिस गर्दैन। प्रत्येक व्यक्‍तिले कस्तो उपचार लिने भन्‍नेबारे आफैले सोचविचार गरेर निर्णय गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने