प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp23 सङ्‌ख्या १ पृ. ६-७
  • १ | प्रार्थना—“आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ | प्रार्थना—“आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यसले हामीलाई कसरी मदत गर्छ?
  • आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईंको सारा फिक्री यहोवामाथि सुम्पनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • पुरुषहरूले गर्ने चिन्ताफिक्री—बाइबलले कसरी मदत गर्न सक्छ?
    थप लेखहरू
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
wp23 सङ्‌ख्या १ पृ. ६-७
एक निराश युवक व्यग्र प्रार्थना गर्दै छन्‌।

१ | प्रार्थना “आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ”

बाइबल भन्छ: “आफ्नो सारा फिक्री [ईश्‍वरमाथि] बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

यसको अर्थ के हो?

हाम्रो दिमाग र मनलाई अशान्त बनाउने जस्तोसुकै भारी यहोवामा बिसाउन उहाँ हामीलाई आग्रह गर्नुहुन्छ। (भजन ५५:२२) समस्या चाहे ठूलो होस्‌ या सानो, हामी त्यसबारे प्रार्थना गर्न सक्छौँ। यदि कुनै समस्याले गर्दा हामी विचलित छौँ भने त्यो देख्दा यहोवालाई पनि दुःख लाग्छ। मनोशान्ति पाउन उहाँलाई प्रार्थना गर्नै पर्छ।—फिलिप्पी ४:६, ७.

यसले हामीलाई कसरी मदत गर्छ?

मानसिक स्वास्थ्य समस्या झेल्नुपर्दा आफू एक्लो छु जस्तो लाग्न सक्छ। हामी कस्तो परिस्थितिबाट गुज्रिरहेका छौँ भनेर अरू मानिसले राम्ररी बुझ्न नसक्लान्‌ तर हाम्रो ईश्‍वर यहोवाले भने बुझ्नुहुन्छ। (हितोपदेश १४:१०) हामीले उहाँलाई आफ्नो मनको कुरा पोख्यौँ भने उहाँ हाम्रो कुरा ध्यान दिएर सुन्‍नुहुन्छ। उहाँ हाम्रो पीडा महसुस गर्न सक्नुहुन्छ, हाम्रो सङ्‌घर्ष देख्नुहुन्छ र हामीलाई चिन्ता लागेको जुनसुकै विषयबारे प्रार्थना गरेको चाहनुहुन्छ।—२ इतिहास ६:२९, ३०.

प्रार्थना गर्ने गऱ्‍यौँ भने यहोवा हामीलाई धेरै माया गर्नुहुन्छ भन्‍ने कुरामा हाम्रो विश्‍वास बढ्‌दै जान्छ। हामी भजनरचयिताले जस्तै महसुस गर्न सक्छौँ, जसले यसरी प्रार्थना गरे: “तपाईँले मेरो दुःख देख्नुभएको छ; मेरो वेदना तपाईँलाई थाह छ।” (भजन ३१:७) यहोवा हाम्रो दुःख देख्नुहुन्छ भनेर थाह पाउँदा मात्र पनि हामी समस्यासित जुझ्न निकै बल पाउँछौँ। तर उहाँ हाम्रो दुःख देख्नु मात्र हुन्‍न। हामीले भोगिरहेको समस्याले गर्दा कस्तो महसुस गरिरहेका छौँ भनेर उहाँ राम्ररी बुझ्नुहुन्छ अनि हामीलाई बाइबलबाट सान्त्वना र प्रोत्साहन दिनुहुन्छ।

बाइबलबाट मदत पाएका जुलियन

मलाई अचाक्ली चिन्ताले सताउँछ

जुलियन।

“कहिलेकाहीँ मलाई अचाक्ली चिन्ताले सताउँछ र मनमा भए-नभएको कुरा खेलिरहने भएकोले असाध्यै तनाव हुन्छ। सोच्दै नसोचेको समयमा पनि चिन्ताले छोप्छ। एकछिनसम्म म ठीकठाक हुन्छु, एकछिनमै विनाकारण चिन्ताले पिरोल्न थालिहाल्छ, खासगरि अरू मानिसहरूमाझ हुँदा। तिनीहरूले मबारे के सोचिरहेका होलान्‌ भन्‍ने डरले मनमा अनेक कुरा खेल्न थाल्छ।

“मेरो अवस्था बुझेका साथीभाइले मलाई निकै मदत गर्छन्‌। हुनत तिनीहरूले भन्‍ने कतिपय कुरा मलाई चित्त बुझ्दैन तर मेरो अवस्था बुझेर मलाई मदत गर्न प्रयास गरेकोमा म तिनीहरूप्रति कृतज्ञ छु।

“कहिलेकाहीँ अचाक्ली चिन्ता र तनावले गर्दा मलाई प्रार्थना गर्न गाह्रो हुन्छ। एकाग्र भई प्रार्थना गर्न मैले निकै प्रयास गर्नुपर्ने हुन्छ। दिमागमा नानाथरी कुरा खेलेकोले राम्ररी सोच्नै सक्दिनँ। यहोवालाई प्रार्थनामा आफ्नो भावना पोखाउन त मन लाग्छ तर शब्दै फुर्दैन।”

बाइबलले मलाई मदत गरेको छ

“मैले बाइबल अध्ययन गरेर के बुझेँ भने हाम्रो प्रार्थना यहोवाको नजरमा स्वीकार्य हुन लामो र सरर्र बगेको हुनै पर्छ भन्‍ने छैन। कहिलेकाहीँ आफ्नो भावना शब्दमा व्यक्‍त गर्न नसक्दा ‘यहोवा, मलाई मदत गर्नुहोस्‌’ मात्र भए पनि भन्छु। त्यति भन्दा पनि यहोवाले मेरो प्रार्थना सुन्‍नुभएको र चाहिएकै मदत दिनुभएको अनुभव गर्छु। प्रार्थनाको अलावा मैले डाक्टरहरूको पनि मदत लिएको छु। अहिले मेरो अवस्था निकै सुध्रिएको छ। हुनत मैले स्वर्गमा हुनुहुने बुबा यहोवालाई आफ्नो भावना पोखाउन निकै प्रयास गर्नुपर्ने हुन्छ तर मेरो प्रयास खेर गएको छैन। उहाँ मलाई माया गर्नुहुन्छ र मदत गर्न चाहनुहुन्छ भन्‍ने कुरामा म ढुक्क छु।”

युवाहरूका लागि मदत

“यहोवाको साथी बनौँ—जहिले नि प्रार्थना गर” भिडियो

यहोवा हाम्रो प्रार्थना सुन्‍नुहुन्छ र जवाफ दिनुहुन्छ भनेर किन विश्‍वस्त हुन सक्छौँ, jw.org/ne वेबसाइटबाट बुझ्नुहोस्‌।

यहोवाको साथी बनौँ—जहिले नि प्रार्थना गर भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने