प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp24 सङ्‌ख्या १ पृ. ४-५
  • सही र गलत: मानिसहरू कहाँ डोऱ्‍याइ खोज्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सही र गलत: मानिसहरू कहाँ डोऱ्‍याइ खोज्छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफैमा भर परेर निर्णय गर्दा
  • अरूमा भर परेर निर्णय गर्दा
  • के अझ भरपर्दो डोऱ्‍याइ छ?
  • सही र गलत: यसबारे खडा भएको एउटा प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • नैतिक स्तर सिकाउनुको महत्त्व
    ब्यूँझनुहोस्‌!—२०१९
  • २. परमेश्‍वरको नजरमा सफा अन्तस्करण
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
wp24 सङ्‌ख्या १ पृ. ४-५
अघिल्लो लेखमा देखाइएका युवक कम्पासको भरमा यात्रा गर्दै छन्‌। तिनी एउटा भीरमा पुग्छन्‌।

के आफैमा भर परेर निर्णय गर्दा नतिजा सधैँ राम्रो हुन्छ?

सही र गलत: मानिसहरू कहाँ डोऱ्‍याइ खोज्छन्‌?

हामीमध्ये प्रायः सबैले कुनै-कुनै मामिलामा सही र गलत सजिलै छुट्ट्याउन सक्छौँ। उदाहरणको लागि, हत्या, बलात्कार र बाल यौन दुर्व्यवहारलाई सबैले घृणा गर्छन्‌ भने दया, समानुभूति र न्याय सबैले मन पराउँछन्‌। तर यौन, इमानदारी वा छोराछोरीको लालनपालनजस्ता जीवनका अन्य क्षेत्रबारे के भन्‍न सकिन्छ? मानिसहरू यी क्षेत्रहरूमा जस्तो निर्णय गरे पनि ठीक छ भन्‍ने सोचाइ राख्छन्‌ किनभने तिनीहरूको विचारमा यी क्षेत्रहरूमा सही र गलतको स्तर नै छैन। त्यसैले तिनीहरू आफूलाई वा अरूलाई कस्तो लाग्छ भन्‍ने कुराको आधारमा निर्णय गर्ने गर्छन्‌। तर के यो तरिका सधैँ भरपर्दो हुन्छ?

आफैमा भर परेर निर्णय गर्दा

हामी अक्सर सही र गलत छुट्ट्याउने हाम्रा भित्री चेतना अर्थात्‌ अन्तस्करण चलाएर निर्णय गर्छौँ। (रोमी २:१४, १५) साना केटाकेटीले समेत राम्रो र नराम्रो व्यवहार छुट्ट्याउन सक्छन्‌ अनि आफूबाट गल्ती हुँदा दोषी महसुस गर्छन्‌। हामी हुर्कँदै जाँदा आफ्नो परिवार, साथीभाइ, शिक्षकहरू, समाज, धर्म र संस्कृतिबाट सिकेका मूल्यमान्यताले हाम्रो अन्तस्करणलाई प्रभाव पार्छ। त्यसैले कुनै निर्णय गर्दा त्यो हाम्रो मूल्यमान्यतासित मेल खान्छ कि खाँदैन भनेर अन्तस्करणले बताउँछ।

सही र गलतको चेतनाले हामीलाई अरूप्रति समानुभूति, कृतज्ञता, निष्पक्षता र करुणा देखाउन मदत गर्छ। साथै यसले हामीलाई आफूले माया गर्ने व्यक्‍तिहरूको चित्त दुखाउनदेखि जोगाउँछ। यसले हामीलाई आफू अपमानित र लज्जित हुनुपर्ने र आफूलाई दोषी महसुस गराउने काम गर्नदेखि टाढा रहन पनि मदत गर्छ।

के आफैमा भर परेर निर्णय गर्दा नतिजा सधैँ राम्रो हुन्छ? ग्यारिक नाम गरेका एक युवकले आफूलाई जस्तो ठीक लाग्छ, त्यसरी नै जीवन बिताए। तिनले यसो भने: “म आफूलाई जे मन लाग्छ, त्यही गर्थेँ।” तर तिनले आफ्नो इच्छाअनुसार चल्दा नतिजा राम्रो नभएको महसुस गरे। तिनले आफ्नो जीवनशैलीबारे यसो भने: “म अनैतिकता, लागूपदार्थ दुर्व्यसन, मतवालापन र हिंसामा चुर्लुम्मै डुबेको थिएँ। त्यसैले म कत्ति पनि खुसी थिइनँ!”

अरूमा भर परेर निर्णय गर्दा

हामीले कुनै निर्णय गर्दा अरूलाई कस्तो लाग्ला भनेर पनि अक्सर सोच्ने गर्छौँ। त्यसो गर्दा हामी तिनीहरूको अनुभव र बुद्धिबाट लाभ उठाउन सक्छौँ। हामी आफ्नो परिवार, साथीभाइ र समाजलाई जे सही लाग्छ, त्यसअनुसार निर्णय गर्दा तिनीहरूबाट आदर कमाउन सक्छौँ।

के अरूमा भर परेर निर्णय गर्दा नतिजा सधैँ राम्रो हुन्छ? प्रिस्किला नामकी एउटी युवतीले विवाहअघि नै यौनसम्बन्ध राखिन्‌। उनका साथीहरूलाई त्यसो गर्नुमा कुनै खराबी छैन जस्तो लाग्थ्यो। तर तिनीहरूमा भर परेर निर्णय गर्दा उनी खुसी हुन सकिनन्‌। उनी भन्छिन्‌: “अरूलाई जे सही लाग्छ, त्यसअनुसार गर्दा मैले आफ्नो आनन्द गुमाएँ। मैले मूर्खतापूर्ण निर्णय गरेर आफैलाई खतरामा पारेँ।”

के अझ भरपर्दो डोऱ्‍याइ छ?

सही र गलतसम्बन्धी निर्णय गर्नुपर्दा आफैमा र अरूमा भर पर्नु केही हदसम्म फाइदाजनक हुन्छ। तर त्यसले हामीलाई सधैँ राम्रो नतिजातर्फ डोऱ्‍याउँछ भन्‍ने छैन। वास्तवमा हाम्रो छनौटले कस्तो नतिजा निम्त्याउँछ भनेर देख्न सक्ने क्षमता हामीमा छैन। त्यसैले हाम्रो छनौटले हामी आफैलाई र अरूलाई नराम्रो असर पुऱ्‍याउन सक्छ। (हितोपदेश १४:१२) हाम्रो वा अरूको मूल्यमान्यताले हामीलाई सधैँ फाइदा पुऱ्‍याउँछ र त्यो कहिल्यै परिवर्तन गर्नुपर्दैन भन्‍ने कुराको कुनै ग्यारेन्टी छैन। हुन पनि पहिले गलत ठानिने आचरण अहिले मानिसहरू सजिलै स्विकार्छन्‌ अनि पहिले स्वीकार्य ठानिने आचरण अहिले अनुचित ठानिन्छ।

ती युवक चट्टाने भीरको बाटोमा छन्‌ र अगाडि खतराको सङ्‌केत दिने चिन्हहरू राखिएका छन्‌। अरू पैदलयात्रीले ती चिन्हहरूलाई बेवास्ता गरिरहेका छन्‌।

के अरूमा भर परेर निर्णय गर्दा नतिजा सधैँ राम्रो हुन्छ?

सही र गलतसम्बन्धी निर्णय गर्न मदत गर्ने के कुनै भरपर्दो डोऱ्‍याइ छ? के त्यस्तो कुनै नैतिक स्तर छ, जुन पालन गर्दा हामी कहिल्यै पछुताउनु पर्दैन?

खुसीको कुरा, सबै ठाउँका मानिसहरूको लागि सधैँ काम लाग्ने भरपर्दो डोऱ्‍याइ उपलब्ध छ। सही र गलत छुट्ट्याउने सन्दर्भमा सबैभन्दा भरपर्दो डोऱ्‍याइ कहाँ पाउन सकिन्छ भनेर थाह पाउन अर्को लेख पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने