प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १७७
  • सुनौलो नियम भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुनौलो नियम भनेको के हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • सुनौलो नियमको अर्थ के हो?
  • सुनौलो नियम किन उपयोगी छ?
  • के सुनौलो नियमले लिनुलाई मात्र जोड दिन्छ?
  • हामी कसरी सुनौलो नियम पालन गर्न सक्छौँ?
  • सुनौलो नियम—यो व्यावहारिक छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • सुनौलो नियम किन आज सम्म पनि कायम छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • सुनौलो नियम एक विश्‍वव्यापी शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • प्रचारकार्यमा सुनौलो नियम पालन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख १७७
एक व्यक्‍ति साधारणतया सुनौलो नियम भनेर चिनिने बाइबलको पद पढ्‌दै छन्‌।

सुनौलो नियम भनेको के हो?

बाइबलको जवाफ

“सुनौलो नियम” भन्‍ने अभिव्यक्‍ति बाइबलमा पाइँदैन। तर थुप्रैले येसुले सिकाउनुभएको एउटा खास सिद्धान्तबारे उल्लेख गर्न यो अभिव्यक्‍ति चलाउने गर्छन्‌। येसुले आफ्नो प्रख्यात डाँडाको उपदेशमा यसो भन्‍नुभयो: “मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ति ७:१२; लुका ६:३१) एउटा बाइबल संस्करणमा सुनौलो नियमलाई यसरी पनि अनुवाद गरिएको छ: “अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ।”—पवित्र बाइबल—पढ्‌न सजिलो संस्करण।

  • सुनौलो नियमको अर्थ के हो?

  • सुनौलो नियम किन उपयोगी छ?

  • के सुनौलो नियमले लिनुलाई मात्र जोड दिन्छ?

  • हामी कसरी सुनौलो नियम पालन गर्न सक्छौँ?

सुनौलो नियमको अर्थ के हो?

सुनौलो नियमले हामीलाई मानिसहरूले हामीसित जस्तो व्यवहार गरेको चाहन्छौँ, तिनीहरूसित पनि त्यसै गर्न प्रोत्साहन दिन्छ। जस्तै, प्रायजसो मानिसहरू अरूले आफूलाई आदर, दया र माया गरेको रुचाउँछन्‌। त्यसैले हामीले पनि तिनीहरूलाई ‘त्यसै गर्नुपर्छ’ भन्‍नु तर्कसङ्‌गत छ।—लुका ६:३१.

सुनौलो नियम किन उपयोगी छ?

सुनौलो नियम प्रायः सबै अवस्थामा लागू हुन्छ। उदाहरणको लागि, यसले . . .

  • वैवाहिक बन्धनलाई बलियो बनाउँछ।—एफिसी ५:२८, ३३.

  • आमाबुबालाई आफ्नो छोराछोरी हुर्काउन मदत गर्छ।—एफिसी ६:४.

  • साथीभाइ, छिमेकी र सहकर्मीहरूसित राम्रो सम्बन्ध कायम राख्न मदत गर्छ।—हितोपदेश ३:२७, २८; कलस्सी ३:१३.

साधारणतया पुरानो नियम भनेर चिनिने बाइबलको भागमा पाइने एउटा मुख्य सिद्धान्त सुनौलो नियममा पनि पाइन्छ। येसुले बताउनुभएको यस नियम “व्यवस्था [बाइबलको सुरुको पाँच वटा किताब] र भविष्यवक्‍ताहरूको [भविष्यवाणीका किताबहरू] शिक्षाको सार हो।” (मत्ति ७:१२) अर्को शब्दमा भन्‍नुपर्दा सुनौलो नियमले पुरानो नियमको एउटा आधारभूत शिक्षालाई समेट्‌छ, त्यो हो: आफ्नो छिमेकीलाई प्रेम गर्नू।—रोमी १३:८-१०.

के सुनौलो नियमले लिनुलाई मात्र जोड दिन्छ?

त्यसो त होइन। वास्तवमा सुनौलो नियमले दिनुलाई जोड दिन्छ। सुनौलो नियमबारे बताउनुहुँदा येसुले आफ्ना शत्रुहरूलाई समेत प्रेम गर्न भनिरहनुभएको थियो। (लुका ६:२७-३१, ३५) त्यसैले सुनौलो नियमले सबै मानिसको भलो गर्न प्रोत्साहन दिन्छ।

हामी कसरी सुनौलो नियम पालन गर्न सक्छौँ?

  1. १. आफू वरपरको कुरा नियाल्नुहोस्‌। आफू वरपरका मानिसहरूको अवस्था याद गर्नुहोस्‌। उदाहरणको लागि, तपाईँले कसैलाई झोलाहरू धेरै भएकोले बोक्न गाह्रो भइरहेको देख्नुहोला, आफ्नो छिमेकी अस्पतालमा भर्ना भएको सुन्‍नुहोला वा आफ्नो सहकर्मी निराश भएको याद गर्नुहोला। तपाईँले ‘अरूको कुरामा पनि ध्यान दिनुहुँदा’ प्रोत्साहनजनक शब्दहरू भन्‍न वा केही मदत गरिदिन मौका पाउनुहुनेछ।—फिलिप्पी २:४.

  2. २. समानुभूति देखाउनुहोस्‌। आफूलाई अरूको ठाउँमा राखेर हेर्नुहोस्‌। तपाईँ पनि त्यस्तै परिस्थितिमा पर्नुभएको भए कस्तो महसुस गर्नुहुने थियो? (रोमी १२:१५) अरूको भावना बुझ्ने कोसिस गर्नुहुँदा तपाईँ तिनीहरूलाई मदत गर्न उत्प्रेरित हुन सक्नुहुन्छ।

  3. ३. परिस्थिति अनुसार छाँटकाँट गर्न तयार हुनुहोस्‌। सबैको व्यक्‍तित्व एउटै हुँदैन भनेर याद गर्नुहोस्‌। तपाईँ अरूले जसो गरिदेऊन्‌ भन्‍ने चाहनुहुन्छ अरूले पनि त्यस्तै सोच्छन्‌ भन्‍ने नठान्‍नुहोस्‌। तपाईँले अरूको लागि गरिदिन सक्ने कुरा थुप्रै हुन सक्छन्‌ तर तीमध्ये तिनीहरूलाई सबैभन्दा खुसी पार्ने कुरा छान्‍ने कोसिस गर्नुहोस्‌।—१ कोरिन्थी १०:२४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने