प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mrt लेख १५
  • एक्लो महसुस हुँदा के गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक्लो महसुस हुँदा के गर्ने?
  • थप लेखहरू
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरसित नजिक हुने प्रयास गर्नुहोस्‌
  • बाइबलबाट सान्त्वनादायी पदहरू पढ्‌नुहोस्‌
  • संसारमा भइरहेका घटनाहरूको अर्थ बुझ्नुहोस्‌
  • अनावश्‍यक चिन्ता नलिनुहोस्‌
  • साथीभाइसित सम्पर्कमा रहनुहोस्‌
  • व्यायाम गर्ने गर्नुहोस्‌
  • प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईं चिरस्थायी मित्रताको आनन्द उठाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
थप लेखहरू
mrt लेख १५
एक जना महिला घरको झ्यालबाट बाहिर हेर्दै।

एक्लो महसुस हुँदा के गर्ने?

के तपाईँ एक्लो महसुस गर्दै हुनुहुन्छ? हुनुहुन्छ भने सायद बाइबलका एक जना लेखकको यस भनाइसित पक्कै सहमत हुनुहुन्छ: “म छानामाथिको एक्लो चरोजस्तै भएको छु।” (भजन १०२:⁠७) बाइबलले दिने बुद्धिले तपाईँलाई एक्लोपनले गर्दा सामना गर्नुपर्ने विभिन्‍न समस्यासित जुझ्न मदत दिन्छ।

  • परमेश्‍वरसित नजिक हुने प्रयास गर्नुहोस्‌

  • बाइबलबाट सान्त्वनादायी पदहरू पढ्‌नुहोस्‌

  • संसारमा भइरहेका घटनाहरूको अर्थ बुझ्नुहोस्‌

  • अनावश्‍यक चिन्ता नलिनुहोस्‌

  • साथीभाइसित सम्पर्कमा रहनुहोस्‌

  • व्यायाम गर्ने गर्नुहोस्‌

परमेश्‍वरसित नजिक हुने प्रयास गर्नुहोस्‌

परमेश्‍वरसित नजिक हुनुको महत्त्व बुझ्नुभयो भने तपाईँ एक्लो महसुस गर्नुपर्दा समेत आनन्दित हुन सक्नुहुन्छ। (मत्ति ५:​३, ६) तल दिइएका सामग्रीहरूबाट तपाईँले मदत पाउन सक्नुहुन्छ। सबै निश्‍शुल्क उपलब्ध छन्‌।

  • सही र पढ्‌न सजिलो अनलाइन बाइबल

  • बाइबलका आधारभूत शिक्षा बुझ्न मदत गर्ने छोटो भिडियोहरू

  • “बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ”​—⁠अक्सर सोधिने प्रश्‍नहरूको जवाफ भएको शृङ्‌खला

  • “तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌”​—⁠बाइबलका वफादार पुरुष र स्त्रीहरूको विवरणमा आधारित शृङ्‌खला

  • “सृष्टि या संयोग?”​—⁠प्राकृतिक संसारको सुन्दरता र जटिलतासम्बन्धी लेखहरूको शृङ्‌खला

बाइबलबाट सान्त्वनादायी पदहरू पढ्‌नुहोस्‌

बाइबलबाट धेरैले सान्त्वना पाएका छन्‌। अहिले एक्लो बस्नुपरेको अवस्थाको सदुपयोग गर्नुहोस्‌। निम्न शास्त्रपदहरू सरसरती पढ्‌नुको साटो गहिरिएर मनन गर्नुहोस्‌ अनि प्रार्थना गर्नुहोस्‌।​—⁠मर्कुस १:⁠३५.

  • भजन २३:​१-६

  • भजन ३४:​१-२२

  • भजन ४६:​१-११

  • भजन ६३:​६-८

  • भजन ९१:​१-६

  • मत्ति ६:​२५-३४

  • २ कोरिन्थी १:​३, ४

  • फिलिप्पी ४:​६, ७

  • १ पत्रुस ५:​६, ७

संसारमा भइरहेका घटनाहरूको अर्थ बुझ्नुहोस्‌

खराब कुराहरू किन भइरहेका छन्‌ भनेर बुझ्नुभयो भने तपाईँ अहिलेका समस्याहरूसँग अझ राम्ररी जुझ्न सक्नुहुनेछ।​—⁠यसैया ६५:⁠१७.

  • परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

  • “अन्तको दिन”-का चिन्ह के-के हुन्‌?

  • चार घोडसवार​—⁠तिनीहरू को हुन्‌?

  • परमेश्‍वरको राज्यले के गर्नेछ?

अनावश्‍यक चिन्ता नलिनुहोस्‌

एक्लो हुँदा आइपर्न सक्ने तनावको सामना गर्न र अनावश्‍यक ‘चिन्ता नगर्न’ तल दिइएका विषयहरूसित सम्बन्धित लेखहरूले मदत दिन्छ।​—⁠मत्ति ६:⁠२५.

  • तनावको सामना कसरी गर्ने?

  • चिन्ता-फिक्रीको सामना गर्न बाइबलले दिने मदत

  • पैसाले किन्‍न नसक्ने तीन कुरा

  • किशोरकिशोरीलाई हुने डिप्रेसन

साथीभाइसित सम्पर्कमा रहनुहोस्‌

साथीभाइसँगको राम्रो सम्बन्धले तपाईँलाई मानसिक र भावनात्मक तवरमा स्वस्थ बनाउँछ। अनि प्रत्यक्ष भेटेर कुराकानी गर्न नसकिने अवस्थामा तिनीहरूसित कुनै न कुनै माध्यमद्वारा सम्पर्कमा रहनु झनै महत्त्वपूर्ण हुन्छ। तपाईँ घरबाट निस्कन सक्नुहुन्‍न भने फोनमार्फत वा भिडियो कन्फ्रेन्समार्फत साथीभाइसित सम्पर्क गर्न सक्नुहुन्छ अनि नयाँ साथीहरू पनि बनाउन सक्नुहुन्छ। निम्न लेखहरूले “साँचो मित्र” भेट्टाउन र आफू पनि साँचो मित्र बन्‍न तपाईँलाई मदत दिनेछ।​—⁠हितोपदेश १७:⁠१७.

  • साँचो साथी कसलाई भन्‍न सकिन्छ? (भिडियो)

  • साथीहरूसित घुलमिल हुने कोसिस गर्नुहोस्‌

  • दिने मनोवृत्ति देखाउँदै मित्रता बलियो बनाउनुहोस्‌

  • कृतज्ञता देखाउँदै मित्रता बलियो बनाउनुहोस्‌

व्यायाम गर्ने गर्नुहोस्‌

‘शारीरिक व्यायामबाट फाइदा हुन्छ’ भन्‍ने कुरा बाइबलले पनि मानिलिएको छ। (१ तिमोथि ४:​८, फुटनोट) शारीरिक व्यायाम गर्नु मानसिक स्वास्थ्यको लागि फाइदाजनक हुन्छ, खासगरि एक्लो बस्नुपर्ने अवस्थामा। घरमै थुनिएर बस्नुपर्ने अवस्थामा पनि तपाईँ शारीरिक तवरमा सक्रिय भइरहन सक्नुहुन्छ।

  • म व्यायाम गर्न कसरी उत्प्रेरणा पाउन सक्छु?

  • शारीरिक स्वास्थ्य र सहनशीलता

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने