प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mrt लेख ४५
  • युक्रेनमाथि रुसको हमला

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युक्रेनमाथि रुसको हमला
  • थप लेखहरू
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलअनुसार यस्ता घटनाहरू केको सङ्‌केत हो?
  • तपाईँ भविष्यप्रति किन आशावादी हुन सक्नुहुन्छ?
  • अहिले “उत्तरका राजा” को हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • युक्रेनमा भइरहेको युद्धमा धर्मको हात—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • युक्रेनमा युद्ध सुरु भएको एक वर्ष पूरा भयो—बाइबलले कस्तो आशा दिन्छ?
    थप लेखहरू
  • अन्तको समयमा “उत्तरका राजा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
थप लेखहरू
mrt लेख ४५
युक्रेन र छिमेकी राष्ट्रहरूको नक्सा।

युक्रेनमाथि रुसको हमला

संसारका नेताहरूले युद्ध हुन नदिन धेरै प्रयास गरे तापनि फेब्रुअरी २४, २०२२ मा बिहान झिसमिसेमै रुसले युक्रेनमाथि सैन्य हमला गऱ्‍यो। यस युद्धले संसारलाई कस्तो असर गर्नेछ? केही दिनअघि संयुक्‍त राष्ट्र सङ्‌घका महासचिव एन्टोनियो गुटेरेसले यसो भने: “यस युद्धले युरोपेली देशहरूमा मात्र नभई विश्‍वभरि नै कत्ति ठूलो विनाश र दुःख निम्त्याउनेछ भनेर हामी कल्पनासमेत गर्न सक्दैनौँ। यसले पूरै विश्‍वको सुरक्षालाई खतरामा पार्नेछ।”

बाइबलअनुसार यस्ता घटनाहरू केको सङ्‌केत हो?

  • “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ” भनेर येसु ख्रिष्टले भविष्यवाणी गर्नुभएको थियो। (मत्ति २४:७) आज संसारमा भइरहेका युद्धहरूले येसुको यो भविष्यवाणी कसरी पूरा गरिरहेको छ भनेर थाह पाउन “‘अन्तको दिन’ वा ‘अन्तको समय’-को चिन्ह के हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

  • बाइबलको प्रकाशको किताबमा ‘चहकिलो रातो रङ्‌गको घोडामाथि’ सवार भएको व्यक्‍तिले युद्धलाई चित्रण गर्छ, जसले ‘पृथ्वीबाट शान्ति हरण’ गर्छ। (प्रकाश ६:४) यो भविष्यवाणी आज कसरी पूरा भइरहेको छ भनेर जान्‍न “चार घोडसवार—तिनीहरू को हुन्‌?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

  • दानिएलको किताबमा “उत्तरका राजा” र “दक्षिणका राजा”-बीच हुने दुस्मनीबारे भविष्यवाणी गरिएको थियो। (दानिएल ११:२५-४५) रुस र त्यसका समर्थकहरूलाई किन उत्तरका राजा भन्‍न सकिन्छ भनेर बुझ्न भविष्यवाणीको पूर्ति—दानिएल अध्याय ११ भन्‍ने भिडियो हेर्नुहोस्‌।a

  • प्रकाशको किताबमा “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ”-बारे पनि बताइएको छ। (प्रकाश १६:१४, १६) तर यो लडाइँ अहिले राष्ट्रहरूबीच भइरहेको जस्तो लडाइँ होइन। भविष्यमा हुने यस लडाइँबारे थप जानकारीको लागि “आरमागेडोनको युद्ध भनेको के हो?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

तपाईँ भविष्यप्रति किन आशावादी हुन सक्नुहुन्छ?

  • बाइबलमा “पृथ्वीबाट [परमेश्‍वरले] युद्ध नामेट पार्नुहुन्छ” भनेर बताइएको छ। (भजन ४६:९) परमेश्‍वरले भविष्यबारे गर्नुभएका प्रतिज्ञाहरूबारे अझ धेरै जान्‍न “हाम्रो भविष्य उज्ज्वल छ!” भन्‍ने अङ्‌ग्रेजी लेख पढ्‌नुहोस्‌।

  • येसुले आफ्ना अनुयायीहरूलाई परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। (मत्ति ६:९, १०) यो राज्य स्वर्गीय सरकार हो, जसले पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्नेछ। परमेश्‍वरको इच्छामा विश्‍व-शान्ति पनि समावेश छ। यस राज्यले तपाईँको लागि के-कस्तो काम गर्नेछ भनेर बुझ्न परमेश्‍वरको राज्य के हो? भन्‍ने भिडियो हेर्नुहोस्‌।

युक्रेनमा १ लाख २९ हजारभन्दा धेरै यहोवाका साक्षी छन्‌। अरू देशका साक्षीहरूजस्तै तिनीहरू पनि येसुको अनुकरण गर्दै राजनैतिक गतिविधि र युद्धमा भाग लिँदैनन्‌। (युहन्‍ना १८:३६) यहोवाका साक्षीहरू संसारभरि परमेश्‍वरको राज्यले मात्र युद्धलगायत मानिसजातिका सम्पूर्ण समस्या समाधान गर्न सक्छ भन्‍ने “सुसमाचार” सुनाउँछन्‌। (मत्ति २४:१४) बाइबलले दिने आशाबारे अझ धेरै जान्‍न हामीलाई सम्पर्क गर्नुहोस्‌।

a यस भविष्यवाणीबारे विस्तृत जानकारीको लागि “अन्तको समयमा ‘उत्तरका राजा’” र “अहिले ‘उत्तरका राजा’ को हुन्‌?” भन्‍ने लेखहरू हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने