जागा रहो!
चुनौतीपूर्ण समयमा तपाईँ कसरी खुसी हुन सक्नुहुन्छ?—यसबारे बाइबल के भन्छ?
यस कठिन समयमा हामी जीवनमा घट्ने हरेक घटनालाई नियन्त्रण गर्न सक्दैनौँ। तर हाम्रो आनन्द परिस्थितिमा नभई अक्सर हाम्रो मनोवृत्तिमा निर्भर हुन्छ। विभिन्न चुनौती भोग्नुपरे तापनि हृदय सुखी हुनेहरूबारे बाइबल यसो भन्छ: “[तिनीहरूको] सबै दिन हर्षमय हुन्छ।” (हितोपदेश १५:१५, संशोधित संस्करण) हामी कसरी अझ आनन्दित हुन सक्छौँ? बाइबलको सल्लाहले तपाईँलाई कसरी मदत गर्छ, विचार गर्नुहोस्।
चिन्ता-फिक्रीको सामना गर्ने
बाइबल यसो भन्छ: “चिन्ताले मन भारी बनाउँछ तर मीठो बोलीले मन हल्का बनाउँछ।”—हितोपदेश १२:२५.
बाइबलले तपाईँलाई अनावश्यक चिन्ता हटाउन मदत गर्छ। कसरी? यसबारे थाह पाउन “बाइबलले चिन्ताबारे के भन्छ” भन्ने लेख पढ्नुहोस्।
एक्लोपनसित जुझ्ने
बाइबल यसो भन्छ: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.
बाइबलमा घनिष्ठ साथीहरू बनाउन थुप्रै राम्रा सल्लाहहरू दिइएका छन्। ती लागू गर्नुभयो भने तपाईँ एक्लोपनसित जुझ्न सक्नुहुन्छ। “साथीहरूको मदतले एक्लोपन हटाउनुहोस्—बाइबलले कसरी मदत गर्न सक्छ?” भन्ने लेख पढ्नुहोस्।
ईश्वर र छिमेकीप्रतिको प्रेम विकास गर्नुहोस्
बाइबल यसो भन्छ: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू। . . . तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”a—मत्ति २२:३७-३९.
प्रार्थनाले ईश्वरप्रतिको प्रेम विकास गर्न मदत गर्छ। यसबारे अझ जान्न “के ईश्वर हाम्रो प्रार्थना सुन्नुहुन्छ?” भन्ने लेख पढ्नुहोस्।
मानिसहरूसित व्यवहार गर्दा सुनौलो नियम पालन गरेर हामी तिनीहरूप्रति प्रेम देखाउन सक्छौँ। यसबारे अझ जान्न “सुनौलो नियम भनेको के हो?” भन्ने लेख पढ्नुहोस्।
यस चुनौतीपूर्ण समयमा खुसी हुन बाइबलले तपाईँलाई कसरी मदत गर्छ भनेर अझ सिक्नुभए कसो होला? त्यसको लागि हामी तपाईँलाई निश्शुल्क बाइबल अध्ययन गर्न निम्तो दिन्छौँ।