तपाईंहरूलाई किन यहोवाका साक्षीहरू भनिन्छ?
परमेश्वरको व्यक्तिगत नाम छ भनेर थुप्रै बाइबल अनुवादहरूले देखाउँछ। धेरैजसोमा यहोवा भनेर लेखिएको छ भने कुनै-कुनैमा यहवे भनेर पनि लेखिएको छ। (प्रस्थान ६:३, फुटनोट) यदि कुनै व्यक्ति आफूले देखेको वा थाह पाएको सत्य कुरामा एकदमै विश्वस्त छ र त्यसको विषयमा उसले अरूलाई बताउँछ भने उसलाई साक्षी भनिन्छ।
त्यसकारण यहोवाका साक्षीहरू भनेर हामीले पाएको नामले ख्रीष्टियनहरूको एउटा समूहलाई बुझाउँछ जसले सारा थोकको सृष्टिकर्ता यहोवाबारे आफूले थाह पाएको सत्य अरूलाई बताउँछ। (प्रकाश ४:११) आफ्नो जीवनशैलीद्वारा अनि आफूले सिकेको कुरा अरूलाई बताएर हामी साक्षी दिन्छौं।—यशैया ४३:१०-१२; १ पत्रुस २:१२.