प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख ८५
  • आरमागेडोनको युद्ध भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आरमागेडोनको युद्ध भनेको के हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • आरमागेडोन उज्ज्वल भविष्यको थालनी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • के आरमागेडोनको युद्ध इजरायलमा सुरु हुनेछ?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • आरमागेडोन हाम्रो लागि खुसीको खबर हो!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • संसारको अन्त यसबारे मानिसहरू के भन्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख ८५
आगो र गन्धकको वर्षा

आरमागेडोनको युद्ध भनेको के हो?

बाइबलको जवाफ

आरमागेडोनको युद्ध भनेको मानव सरकारहरू र परमेश्‍वरबीच हुने अन्तिम लडाइँ हो। यी सरकारहरू र यिनका समर्थकहरू अहिले पनि परमेश्‍वरको शासनको अधीनमा बस्न चाहँदैनन्‌। (भजन २:२) आरमागेडोनको युद्धले मानव शासनको अन्त गर्नेछ।—दानिएल २:४४.

“आरमागेडोन” शब्द बाइबलमा एकचोटि मात्र प्रयोग गरिएको छ, जुन प्रकाश १६:१६ मा पाउन सक्छौँ। प्रकाशको किताबमा गरिएको भविष्यवाणीअनुसारै “पृथ्वीभरिका राजाहरू”-लाई “हिब्रू भाषामा आरमागेडोन भन्‍ने ठाउँमा” “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँको निम्ति जम्मा” गरिनेछ।—प्रकाश १६:१४.

आरमागेडोनको युद्ध क-कसले लड्‌नेछन्‌? यस युद्धमा येसु ख्रिष्टले स्वर्गीय सेनाको नेतृत्व लिनुहुनेछ र परमेश्‍वरका शत्रुहरूमाथि विजय हासिल गर्नुहुनेछ। (प्रकाश १९:११-१६, १९-२१) यी शत्रुहरूमा परमेश्‍वरको अख्तियारको विरोध गर्ने र उहाँलाई घृणा गर्नेहरू पर्छन्‌।—इजकिएल ३९:७.

के आरमागेडोनको युद्ध मध्यपूर्वको कुनै निश्‍चित ठाउँमा लडिनेछ? होइन। आरमागेडोनको युद्ध कुनै निश्‍चित ठाउँमा मात्र नभई पूरै पृथ्वीमा हुनेछ।—यर्मिया २५:३२-३४; इजकिएल ३९:१७-२०.

आरमागेडोनलाई “हार-मागेडोन” (हिब्रू भाषामा हार मघिद्दोन) पनि भनिन्छ, जसको अर्थ “मगिद्दोको पर्वत” हो। मगिद्दो प्राचीन इस्राएलको एउटा सहर थियो। इतिहासले बताएअनुसार त्यसवरपर थुप्रै निर्णायक युद्धहरू लडिन्थ्यो, जसमध्ये केही बाइबलमा पनि उल्लेख गरिएको छ। (न्यायकर्ता ५:१९, २०; २ राजा ९:२७; २३:२९) तर आरमागेडोन प्राचीन मगिद्दो वरिपरिको कुनै वास्तविक ठाउँ त हुन सक्दैन। त्यहाँ कुनै ठूलो डाँडा थिएन र त्यसनजिकैको इज्रेल बेँसीमा समेत परमेश्‍वरविरुद्ध लडाइँ गर्ने सबै अटाउन सक्दैनन्‌। बरु आरमागेडोन पूरै विश्‍वलाई समेट्‌ने यस्तो अवस्था हो जसमा राष्ट्रहरू परमेश्‍वरको शासनविरुद्ध युद्ध लड्‌न एकजुट हुन्छन्‌।

आरमागेडोनको युद्ध कस्तो हुनेछ? परमेश्‍वरले आफ्नो शक्‍ति कसरी चलाउनुहुन्छ, त्यो त हामीलाई थाह छैन तर उहाँले विगतमा झैँ असिना, भूकम्प, मुसलधारे पानी, आगो र गन्धक, चट्याङ र महामारीजस्ता कुराहरू चलाउन सक्नुहुन्छ। (अय्युब ३८:२२, २३; इजकिएल ३८:१९, २२; हबकुक ३:१०, ११; जकरिया १४:१२) परमेश्‍वरका ती शत्रुहरूले अलमलमा परेर एकअर्कालाई नै मार्नेछन्‌। आफूविरुद्ध लड्‌नुहुने त परमेश्‍वर नै हुनुहुँदो रहेछ भनेर स्विकार्न तिनीहरू बाध्य हुनेछन्‌।—इजकिएल ३८:२१, २३; जकरिया १४:१३.

के आरमागेडोनले संसारको अन्त गर्नेछ? त्यसले पृथ्वीको अन्त गर्दैन किनकि पृथ्वी सधैँभरिको लागि मानिसजातिको घर हो। (भजन ३७:२९; ९६:१०; उपदेशक १:४) आरमागेडोनले मानिसजातिको विनाश गर्दैन। बरु यसले तिनीहरूलाई बचाउँछ किनकि यस युद्धमा परमेश्‍वरका सेवकहरूको “एउटा ठूलो भीड” बच्नेछ।—प्रकाश ७:९, १४; भजन ३७:३४.

बाइबलमा कहिलेकाहीँ “संसार” शब्दले यहोवाको विरोध गर्ने दुष्ट मानव समाजलाई बुझाउँछ। (१ युहन्‍ना २:१५-१७) यस अर्थमा आरमागेडोनको युद्धले “यस संसारको अन्त” ल्याउँछ।—मत्ति २४:३, किङ जेम्स भर्सन।

आरमागेडोनको युद्ध कहिले हुनेछ? येसुले “महासङ्‌कष्ट”-को अन्तमा हुने आरमागेडोनको युद्धबारे बताउनुहुँदा यसो भन्‍नुभयो: “त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्‍नुहुन्छ।” (मत्ति २४:२१, ३६) तर बाइबलले आरमागेडोन येसु ख्रिष्टको उपस्थितिको दौडान हुनेछ भनेर चाहिँ बताएको छ, जुन सन्‌ १९१४ मा सुरु भइसकेको छ।—मत्ति २४:३७-३९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने