प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १२९
  • के बाइबलमा केही परिवर्तन गरिएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के बाइबलमा केही परिवर्तन गरिएको छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के यसको मतलब बाइबलका प्रतिलिपिहरू बनाइँदा कहिल्यै कुनै त्रुटि नै भएन भन्‍ने हो?
  • बाइबलमा अरू त्रुटिहरू छैनन्‌ भनेर हामी कसरी ढुक्क हुन सक्छौँ?
  • बाइबलमा लेखिएका कुराहरूमा परिवर्तन गरिएको छैन भनेर विश्‍वास गर्न सकिने अरू कस्ता कारणहरू छन्‌?
  • यो किताब कसरी अहिलेसम्म अस्तित्वमा रह्‍यो?
    सबैका लागि उपयोगी किताब
  • क३ बाइबल हामीसम्म कसरी आइपुग्यो?
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • बाइबलको सन्देश फेरबदल गरिने दुष्प्रयासबाट जोगियो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१६
  • के ईश्‍वरको लिखित वचनमा केही परिवर्तन गरिएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख १२९
एक मानिस बाइबलको पाण्डुलिपि सार्दै छ

के बाइबलमा केही परिवर्तन गरिएको छ?

छैन। हजारौँ वर्षदेखि बाइबल लेखोटहरूको प्रतिलिपि नाश भएर जाने वस्तुहरूमा तयार पारिँदै आएको छ। तैपनि अहिलेको बाइबल पुरातन पाण्डुलिपिहरूसित तुलना गरेर हेर्दा त्यसमा खासै केही परिवर्तन गरिएको छैन जस्तो देखिन्छ।

के यसको मतलब बाइबलका प्रतिलिपिहरू बनाइँदा कहिल्यै कुनै त्रुटि नै भएन भन्‍ने हो?

बाइबलको हजारौँ पुरातन पाण्डुलिपी भेटिएका छन्‌। कतिपय पाण्डुलिपिहरू दाँजेर हेर्दा केही फरक पाइएको छ र यसबाट प्रतिलिपि तयार पारिँदा त्रुटि भएको देखिन्छ। धेरैजसो त्रुटि सानोतिनो किसिमको छ र यसले लेखिएको कुराको अर्थमा खासै फरक पार्दैन। तर केही त्रुटिहरूलाई बेवास्ता गर्न मिल्दैन किनभने धेरै पहिले यस्ता त्रुटिहरू बाइबलको सन्देश परिवर्तन गर्न जानाजानी गरिएको थियो। दुई वटा उदाहरण विचार गर्नुहोस्‌:

  1. १. पहिलो युहन्‍ना ५:७ मा कुनै-कुनै पुरानो बाइबल अनुवादमा यी शब्दहरू पाइन्छ: “स्वर्गमा बुबा, वचन र पवित्र आत्मा हुनुहुन्छ अनि ती तीन एक हुन्‌।” तर भरपर्दा पाण्डुलिपिहरूमा यी शब्दहरू पाइँदैन। यसबाट के स्पष्ट हुन्छ भने यी शब्दहरू मौलिक लेखोटमा थिएनन्‌ तर पछि थपिएका हुन्‌।a त्यसैले आधुनिक समयका भरपर्दा बाइबलहरूबाट यी शब्दहरू हटाइएका छन्‌।

  2. २. बाइबलको पुरातन पाण्डुलिपिहरूमा परमेश्‍वरको नाम हजारौँ पटक उल्लेख गरिएको पाइन्छ। तर धेरैजसो बाइबल अनुवादमा यो नामको सट्टा “प्रभु” वा “परमेश्‍वर”-जस्ता उपाधिहरू प्रयोग गरिएका छन्‌।

बाइबलमा अरू त्रुटिहरू छैनन्‌ भनेर हामी कसरी ढुक्क हुन सक्छौँ?

अहिलेसम्म बाइबलका धेरै पाण्डुलिपि भेटिएकाले त्रुटिहरू पत्ता लगाउन पहिलेभन्दा झनै सजिलो भएको छ।b यी पाण्डुलिपिहरूलाई आपसमा तुलना गरेर हेर्दा अहिले हामीसित भएको बाइबल सही छ भनेर कसरी प्रमाणित हुन्छ?

  • विलियम एच. ग्रिन नाम गरेका एक बाइबलविद्‌ले हिब्रू धर्मशास्त्रको (अक्सर “पुरानो नियम” भनिन्छ) विषयमा यस्तो टिप्पणी गरे: “केही पनि फेरबदल नभई अहिले हामीसम्म आइपुगेको योजस्तो अरू कुनै पनि पुरातन किताब छैन भनेर हामी ठोकुवा गर्न सक्छौँ।”

  • ख्रिष्टियन ग्रीक धर्मशास्त्र वा “नयाँ नियम”-बारे एफ. एफ. ब्रुस नाम गरेका बाइबलविद्‌ले यस्तो लेखे: “पुरातन समयका नाम चलेका लेखकहरूले लेखेका थुप्रै रचना अहिले पनि अस्तित्वमा छन्‌ र त्यसमा पाइने जानकारीमाथि प्रश्‍न उठाउने कुरा कसैले सोच्न पनि सक्दैन। तर ती रचनाहरूको तुलनामा हाम्रो नयाँ नियम कैयौँ गुणा सत्य छ भन्‍ने कुराको प्रशस्तै प्रमाण छ।”

  • बाइबलका पाण्डुलिपिहरूको एक प्रख्यात बाइबलविद्‌ सर फ्रेड्रिक केन्यनको भनाइअनुसार कुनै पनि व्यक्‍तिले “बाइबललाई आफ्नो हातमा लिएर कुनै डर वा शङ्‌काविना ऊसित परमेश्‍वरको सत्य वचन छ र शताब्दियौँको दौडान एउटा पुस्ताबाट अर्को पुस्तासम्म आइपुग्दा पनि यसमा कुनै फेरबदल गरिएको छैन भन्‍न सक्छ।”

बाइबलमा लेखिएका कुराहरूमा परिवर्तन गरिएको छैन भनेर विश्‍वास गर्न सकिने अरू कस्ता कारणहरू छन्‌?

  • यहुदी र ख्रिष्टियन प्रतिलिपिकहरूले मूल लेखोटमा उल्लिखित परमेश्‍वरका सेवकहरूले गरेको गम्भीर गल्तीहरूको विवरण जस्ताको तस्तै सारे।c (गन्ती २०:१२; २ समुएल ११:२-४; गलाती २:११-१४) त्यसैगरि, तिनीहरूले यहुदी राष्ट्र अनाज्ञाकारी भएको र आफ्नै चलन स्थापना गरेका विवरणहरू पनि लेखे। (होसे ४:२; मलाकि २:८, ९; मत्ति २३:८, ९; १ युहन्‍ना ५:२१) यी विवरणहरू हुबहु सारेर प्रतिलिपिकहरूले आफूहरू इमानदार भएको र परमेश्‍वरको पवित्र वचनप्रति तिनीहरूको गहिरो आदर भएको देखाए।

  • परमेश्‍वरले बाइबल लेख्न मानिसहरूलाई प्रेरणा दिनुभएकोले के उहाँले यसमा फेरबदल हुन दिनुहोला र?d (यसैया ४०:८; १ पत्रुस १:२४, २५) उहाँले बाइबल उहिलेका मानिसहरूको फाइदाको लागि मात्र नभई आज हाम्रो फाइदाको लागि पनि लेख्न लगाउनुभएको हो। (१ कोरिन्थी १०:११) वास्तवमा “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌ ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।”—रोमी १५:४.

  • येसु र उहाँका चेलाहरूले पनि हिब्रू धर्मशास्त्रबाट कुनै हिचकिचाहटविना उद्धरण गर्नुभयो किनभने उहाँहरू ती पुराना लेखोटमा भएको कुरा सही छ भनेर विश्‍वस्त हुनुहुन्थ्यो।—लुका ४:१६-२१; प्रेषित १७:१-३.

a यी शब्दहरू कोडेक्स साइनाइटिकस, कोडेक्स अलेक्जेन्ड्रिनस, भ्याटिकन पाण्डुलिपि १२०९, मौलिक ल्याटिन भल्गेट, फिलिसिनियन-हारक्लिएन सिरियाक संस्करण वा सिरियाक पेशिट्टा-मा पाइँदैन।

b उदाहरणको लागि, नयाँ नियम अर्थात्‌ ख्रिष्टियन ग्रीक धर्मशास्त्रका ५ हजार भन्दा धेरै ग्रीक पाण्डुलिपि भेटिएका छन्‌।

c बाइबलमा परमेश्‍वरले रोज्नुभएको मानिसहरूले कहिल्यै गल्ती गर्दैनन्‌ भनेर बताइएको छैन। बरु त्यसमा यो सत्य उल्लेख गरिएको छ: “पाप नगर्ने मानिस कोही पनि छैन।”—१ राजा ८:४६.

d परमेश्‍वरले बाइबल लेखकहरूलाई के लेख्ने भनेर एक-एक शब्द बताउनुभएन तर उहाँले तिनीहरूलाई आफ्नो विचार प्रकट गर्नुभयो भनी बाइबलमा लेखिएको छ।—२ तिमोथि ३:१६, १७; २ पत्रुस १:२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने