फुटनोट
a यहोवाका साक्षीहरू प्रचारकार्यप्रति प्रेरित पावलको जस्तै दृष्टिकोण राख्छन्, जसले प्रचारकार्यलाई साँचो मसीहीहरूको आवश्यकता ठाने। पावलले यसो भने: “यदि मैले सुसमाचार सुनाएँ भने मलाई घमण्ड गर्न पर्ने केही छैन, किनकि मलाई करै लागेको छ।” (१ कोरिन्थी ९:१६) तिनीहरूको प्रचार कार्यलाई स्वयम्सेवा भन्न सकिन्छ किनभने तिनीहरूले स्वेच्छासाथ ख्रीष्टको चेला हुन रोजेका छन्। यो सुअवसरसँगसँगै जिम्मेवारीहरू पनि आउँछन् भनेर तिनीहरूलाई राम्ररी थाह छ।