फुटनोट
a इमानदार पाठकले सूर्य आकाशमा अडिनु भनेको वैज्ञानिक विश्लेषण नभई मानव प्रत्यक्षदर्शीको नजरबाट जे देखिएको थियो, त्यही मात्र लेखेका थिए भनी प्रायजसो स्वीकार्नेछन्। खगोलविद्हरू पनि कुनै संकोच नमानी सूर्य, चन्द्र, ग्रह तथा ताराहरू उदाउने र अस्ताउनेबारे कुरा गर्छन्। त्यसको मतलब, यी आकाशीय पिण्डहरूले साँच्चै पृथ्वीको परिक्रमा गर्छन् भनेको नभई आकाशमा यताउता चलेको देखिन्छ भन्न खोजेका हुन्।