फुटनोट
e कोही-कोहीलाई खाने औषधीले पनि मदत गऱ्यो। यसमा प्यांक्रियाजलाई अझ बढी इन्सुलिन उत्पादन गर्न लगाउने, रगतमा चिनीको मात्रा कम गर्ने अनि अरू कतिपयले भने इन्सुलिन प्रतिरोधलाई कम गर्ने औषधीहरू खाने गर्छन्। (टाइप १ मधुमेह रोगीहरूलाई अक्सर खाने औषधीहरू दिइँदैन।) हाल, खाने इन्सुलिन छैन किनभने पाचन क्रिया हुँदा यो प्रोटिन रगतमा मिसिनुअघि नै टुक्रिन्छ। इन्सुलिन उपचार गर्ने वा औषधी खाए तापनि व्यायाम र सन्तुलित भोजनको महत्त्व यथावतै हुन्छ।