फुटनोट
a परमेश्वरको राज्य सरकारसम्बन्धी बाइबलको प्रतिज्ञाबारे तपाईं अझ बढी जान्न चाहनुहुन्छ भने स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस् वा यस पत्रिकाका प्रकाशकहरूसित पत्राचार गर्नुहोस्।
सिद्ध मौसम नियन्त्रण
परमेश्वरको नयाँ संसारमा उत्पात मच्चाउने आँधीबेहरीबाट आफ्नो घरबार वा बाली सर्वनाश होला भनेर मानिसहरू डराउनु पर्नेछैन। (२ पत्रुस ३:१३) बाइबलले परमेश्वर र उहाँको पुत्र, येशू ख्रीष्ट मौसमलाई नियन्त्रणमा राख्न पूर्णतया सक्षम हुनुहुन्छ भनेर स्पष्ट पार्छ। निम्न पदहरू विचार गर्नुहोस्।
◼ उत्पत्ति ७:४: “अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी वर्षाउनेछु।”
◼ प्रस्थान १४:२१: “परमप्रभुले रातभरि जोरसित पूर्वीय बतास चलाईदिनुभयो, र समुद्रलाई पछि पन्साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमीन भयो।”
◼ १ शमूएल १२:१८: “शमूएलले परमप्रभुलाई पुकारे, र उहाँले त्यस दिन गर्जन र वृष्टि पठाउनुभयो। औ सबै मानिसहरू परमप्रभु र शमूएलसँग भयभीत भए।”
◼ योना १:४: “परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र समुद्रमा प्रचण्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तै भयो।”
◼ मर्कूस ४:३९: “तब [ परमेश्वरबाट शक्ति पाएर येशू] बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रलाई भन्नुभयो, ‘चूप लाग्, शान्त हो।’ अनि बतास थामियो र ठूलो सन्नाटा भयो।”