फुटनोट
a कुकुर पाल्ने मानिसहरूले दुई बेग्ला-बेग्लै जातको कुकुरको प्रजनन गराएर माउभन्दा फरक किसिमको कुकुर जन्माउन सक्छन्। जस्तै, माउको भन्दा छोटो खुट्टा वा लामो भुत्ला भएको। तथापि, यसरी जन्मेको नयाँ प्रकारको कुकुरको बनौट माउको भन्दा फरक हुनुको कारण चाहिं जीनले गर्ने विभिन्न कामहरूमध्ये कुनै एउटाले काम नगर्नु हो। उदाहरणको लागि, डाक्सहुन्ट जातको कुकुर होचो हुनुको कारण, कुर्कुरे हाडको राम्ररी विकास हुन नसकेर हो।