फुटनोट
c म्याकलिन्टक एन्ड स्ट्राँस साक्लोपेडिया (खण्ड १०, पृष्ठ ५१९) यसप्रकार रिपोर्ट गर्छ: “गैरमसीही पूजारीहरूले जनताबीच हुलदङ्गा मच्चाउँदै सम्राटहरूलाई मसीही धर्ममाथि कडा नजर राख्न बाध्य पारे। मसीही धर्मको ठूलो बिस्तार देखेर ती पूजारीहरू भयभीत थिए। अतः मानिसमा देवताहरूप्रति घृणा उत्पन्न गर्ने यो नयाँ धर्मशिक्षालाई क्रमशः दबाइदिने कानुन बनाउन ट्राजनलाई (९८-११७ सा.यु.) उक्साइयो। बाइथिन्याको [उत्तरतिर पर्ने एसियाको रोमी प्रान्तको सीमानामा] धर्मपाल, कान्छो प्लाइनीको प्रान्तमा मसीही धर्मको तीब्र बिस्तार र सोही प्रान्तका गैरमसीही पूजारीहरूको डाहले गर्दा त्यहाँ अनेक प्रशासनीक खैलाबैला मच्चिएको थियो।”