फुटनोट
d यहाँ प्रयोग गरिएको युनानी शब्द मूल शब्द ब्या-स्या-नाइ-जो बाट आएको हो। यसलाई कहिलेकाहीं शाब्दिक सन्ताप बोध गराउन प्रयोग गरिन्छ। तथापि, यस शब्दलाई मानसिक सन्ताप चित्रण गर्न पनि प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि, २ पत्रुस २:८-मा हामी पढ्छौं कि सदोममा भएको खराब कामकुरा देखेर लूतको “सच्चा मन दिनहुँ दुःखित [पीडित, NW]” हुन्थ्यो। प्रेरितहरूको समयसालका धर्म-गुरुहरूले पनि चाहे बेग्लै कारणले गर्दा किन नहोस्, मानसिक पीडा अनुभव चाहिं गरेका थिए।