फुटनोट
c राष्ट्रियता एकप्रकारको धर्म हो भनेर अन्य टिकाकारहरूले स्वीकारेका छन्। अतः राष्ट्रियताको भाव राख्ने मानिसहरूले वास्तवमा जङ्गली जनावरको त्यस भागको पूजा गर्छन् जसको प्रतिनिधित्व तिनीहरू बसोबास गर्ने देशमा गरिन्छ। संयुक्त राज्य अमेरिकामा राष्ट्रियताको भावबारे यसप्रकार लेखिएको छ: “राष्ट्रियताको भावलाई धर्मको रूपमा हेर्दा हामी यसको र अतितका अन्य ठूलठूला धर्महरूबीच धेरै नै समानता पाउँछौं। . . . आधुनिक राष्ट्रवादी धर्मावलम्बीले आफ्नै राष्ट्रिय देवतामाथि भर पर्ने आवश्यकता महसुस गर्छ। आफ्नै राष्ट्रिय देवताको शक्तिशाली मदतको उसले आवश्यकता देख्छ। त्यसैलाई उसले आफ्नो पूर्णता र आनन्दको मूल ठान्छ। उसले सम्पूर्णतः धार्मिक रीतिले आफूलाई त्यसैको अधीन तुल्याउँछ। . . . उसको नजरमा राष्ट्र अनन्तकालीन हो र देशका सपूतहरूको मृत्युद्वारा राष्ट्रको अनन्त ख्याति तथा महिमा बढ्दछ।”—जे. पल. विल्यम्सले ह्वट अमेरिकन्स बिलिभ एन्ड हाउ दे वर्शिप भन्ने पुस्तकको पृष्ठ ३५९-मा कार्लटन जे. एफ. हेसलाई उद्धृत गरेको।