फुटनोट
a धर्मत्यागी मसीहीजगतका थुप्रै शिक्षा, क्रियाकलाप र रीतिथितिहरूको गैरमसीही सुरुआतबारे १९-औं शताब्दीको रोमन क्याथोलिक कार्डिनल जॅन हेन्री न्युम्यानले आफ्नो एसे अन द डिवेलपमेन्ट अफ क्रिश्चियन डक्ट्रिन-मा यसप्रकार लेखे: “रूखहरूका हाँगाहरूले समय समयमा सिंगारिएका र सन्तहरूलाई समर्पित मन्दिरहरू; धूप, दियो र मैनबत्ती; बिरामीबाट निको हुँदा पूरा गर्नु पर्ने भाकलहरू; पवित्र जल; आश्रमहरू; धार्मिक दिवस र ऋतुहरू; तिथिपात्रोहरू, जुलुसहरू, खेतीपातीको निम्ति दिइने आशिष्; पूजारीहरूले लाउने विशेष वस्त्र, मुण्डन, विवाहको औंठी, पूर्वतिर फर्कने चलन, मूर्तिहरू, पछिगएर सम्भवतः धार्मिक जपन र काइरी एलाइसन [“प्रभु, कृपा गर्नुहोस्”] भन्ने भजन जम्मैको सुरुआत गैरमसीही हो र ती जम्मैलाई चर्चले अपनाएर पवित्र तुल्याएको छ।”
तर यसप्रकारको मूर्तिपूजालाई पवित्र तुल्याउनुको सट्टा “तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ। . . . अशुद्ध कुरा नछोओ” भनेर “सर्वशक्तिमान” यहोवाले मसीहीहरूसित आग्रह गर्नु भएको छ।—२ कोरिन्थी ६:१४-१८.