फुटनोट
a धर्मगुरुहरूको नियमअनुसार कुष्ठरोगीहरू मानिसहरूबाट ६ फिट टाढा बस्नुपर्थ्यो अनि हावा चलिरहेको बेलाचाहिँ १५० फिट टाढा बस्नुपर्थ्यो। मिद्रास रब्बाह भन्ने किताबमा एक जना रब्बीबारे बताइएको छ, जो कुष्ठरोगीहरू देखेर लुकेका थिए अनि अर्को एक जनाले चाहिँ कुष्ठरोगीहरूलाई आफ्नो नजिक आउन नदिन ढुङ्गाले हानेका थिए। त्यसैले अरूले छिः छिः दुरदुर गर्दा र कामै नलाग्ने ठान्दा कत्ति पीडा हुन्छ, कुष्ठरोगीहरू आफैले महसुस गरेका हुन्थे।