फुटनोट
a लुकाको पुस्तकमा तिनले थियोफिलसलाई “महामहिम थियोफिलस” भनी सम्बोधन गरेका छन्। (लुका १:३) कसै-कसैको विचारमा थियोफिलसलाई यसरी सम्बोधन गरिनुको कारण सायद तिनी माननीय व्यक्ति थिए र ख्रिष्टियन भइसकेका थिएनन्। तर प्रेषितको पुस्तकमा भने लुकाले थियोफिलसलाई “हे थियोफिलस” मात्र भनेका छन्। केही शास्त्रविद्हरूका अनुसार थियोफिलस लुकाको विवरण पढेपछि ख्रिष्टियन भएका थिए। त्यसैले लुकाले तिनलाई आदरपूर्ण सम्बोधन गर्न छोडे बरु एक जना आध्यात्मिक भाइको रूपमा सम्बोधन गर्न थाले।