फुटनोट
f यसपछि सावल पावलको नामले चिनिन थाले। कसै-कसैको भनाइअनुसार तिनले सर्गियस पौलसको सम्मानमा यो रोमी नाम चलाउन थालेका हुन्। तर साइप्रस छोडेर गइसकेपछि पनि तिनले पावल नाम नै प्रयोग गरिरहे। तिनले त्यो नाम सर्गियस पौलसको सम्मानको लागि नभई तिनी “अन्यजातिहरूको प्रेषित” भएकोले प्रयोग गर्ने निर्णय गरेका हुन सक्छन्। साथै तिनको हिब्रू नाम सावल ग्रीकमा उच्चारण गर्दा नराम्रो अर्थ लाग्ने ग्रीक शब्दजस्तै सुनिने भएकोले पनि तिनले पावल नाम चलाउन थालेका हुन सक्छन्।—रोमी ११:१३.