फुटनोट
a जीवविज्ञानमा प्रयोग हुने “फाइलम” भन्ने शब्दले उस्तै प्रकारको शारीरिक बनौट भएको जनावरहरूको ठूलो समूहलाई बुझाउँछ। वैज्ञानिकहरूले सबै जीवलाई सात वटा श्रेणीमा वर्गीकरण गरेका छन्। पहिलो श्रेणी जगत् हो र यसले सबैभन्दा ठूलो घेरा ढाक्छ। त्यसपछिका श्रेणीहरू क्रमशः यसप्रकार छन्: फाइलम, वर्ग, गण, परिवार, वंश र प्रजाति। उदाहरणको लागि, घोडालाई यसरी वर्गीकरण गरिन्छ—जगत्: जन्तु जगत्; फाइलम: कोरडेटा; वर्ग: म्यामलिया; गण: पेरिसोडेक्टिला; परिवार: इक्विडी; वंश: इक्कस; प्रजाति: काबालस।