फुटनोट
a यहोवा जीवितहरूलाई मात्र होइन तर मरिसकेकाहरूलाई पनि दया देखाउनुहुन्छ भनेर नाओमीले बताइन्। नाओमीका श्रीमान् र दुवै छोराहरूको मृत्यु भइसकेको थियो। रूथले पनि आफ्नो श्रीमान् गुमाउनुपरेको थियो। ती तीन जनाको वियोग सहनु यी विधवाहरूको लागि सजिलो कुरा थिएन। नाओमी र रूथलाई दया देखाउनु भनेको ती मरिगएका मानिसहरूलाई नै दया देखाए बराबर थियो। किनकि ती मानिसहरू जीवित भएको भए यी स्त्रीहरूको हेरचाह गर्ने जिम्मा तिनीहरूकै काँधमा हुने थियो।