फुटनोट
a नाजिरीहरूले कुनै पनि किसिमको मद्य पिउनु हुँदैनथ्यो र आफ्नो कपाल पनि काट्नु हुँदैनथ्यो। धेरैजसो नाजिरीहरूले कुनै निश्चित समयसम्मको लागि मात्र यस्तो बाचा गर्थे। तर शिमशोन, शमूएल र बप्तिस्मा गराउने यूहन्ना जस्ता केही व्यक्तिहरू मात्र जीवनभर नाजिरी भए।