फुटनोट
b नजिकैको समुद्रले गर्दा बादल जम्मा भइरहने भएकोले कर्मेल डाँडामा प्रशस्त पानी पर्छ र शीत पनि उत्तिकै झर्छ। त्यसैले यो डाँडा सधैंजसो हरियै हुन्छ। बाल देवलाई वर्षाको देव मानिने भएकोले यो ठाउँलाई बालको उपासना गर्ने एउटा उपयुक्त ठाउँ मानिएको हुनुपर्छ। तर यही डाँडा अहिले सुख्खा र उजाड भएकोले बाल देव झूटो हो भनेर देखाउन यो ठाउँ उपयुक्त छ।