फुटनोट
a येशूको दृष्टान्त सुनिरहेका श्रोताहरूले महान् हेरोदका छोरा अर्खिलाउसलाई सम्झेका हुन सक्छन्। हेरोदले आफ्नो मृत्युअघि यहूदा र त्यस वरपरका ठाउँको शासकको रूपमा अर्खिलाउसलाई आफ्नो उत्तराधिकारी छानेका थिए। तर अर्खिलाउसले शासन सुरु गर्नुअघि सम्राट् अगस्तसको अनुमति पाउन रोमसम्म लामो यात्रा गर्नुपर्थ्यो।