फुटनोट
a यहोवाले आफ्नो छोरा येशूलाई कसरी सिकाउने भनेर तालिम दिनुभयो भनेर हामी किन भन्न सक्छौं? यो कुरा विचार गर्नुहोस्: येशू थुप्रै उदाहरण चलाएर सिकाउनुहुन्थ्यो। वास्तवमा भन्नुपर्दा यसबारे उहाँ जन्मनुभन्दा धेरैअघि नै भविष्यवाणी गरिएको थियो। (भज. ७८:२; मत्ती १३:३४, ३५) स्पष्ट छ, यहोवाले धेरैअघि नै आफ्नो छोराले उदाहरण र उखानहरू चलाएर सिकाउनेछन् भनेर निश्चय गरिसक्नुभएको थियो।—२ तिमो. ३:१६, १७.