फुटनोट
c लुकाले सैतानका प्रलोभनहरूलाई क्रमअनुसार राखेका छैनन् तर मत्तिले भने क्रमअनुसारै राखेको जस्तो देखिन्छ। यसो भन्न सक्नुको तीन वटा कारण विचार गरौँ: (१) सैतानले ल्याएको अर्को प्रलोभन उल्लेख गर्नुअघि मत्तिले “त्यसपछि” भन्ने शब्द चलाएका छन्। यसबाट क्रमअनुसार यो दोस्रो प्रलोभन थियो भनी स्पष्ट हुन्छ। (२) सैतानले पहिलो र दोस्रो प्रलोभन धुर्त्याइँका साथ अघि साऱ्यो, जसको सुरुमा त्यसले “तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने” भन्यो। त्यसपछि मात्र त्यसले सीधै यहोवाको पहिलो आज्ञा तोड्ने प्रलोभन ल्यायो भन्ने निष्कर्षमा पुग्नु तार्किक देखिन्छ। (प्रस्थ. २०:२, ३) (३) सैतानले तेस्रो र अन्तिम पटक प्रलोभनमा पार्ने कोसिस गरेपछि मात्र येसुले “ए सैतान, पर गइहाल्!” भन्नुभएको हुनुपर्छ।—मत्ति ४:५, १०, ११.