फुटनोट
यरुसलेमबाहिर फोहरमैला जलाउने ठाउँ। पुरातन यरुसलेमको दक्षिण-पश्चिममा पर्ने हिन्नोम बेँसीको ग्रीक नाम। भविष्यवाणीहरूमा यस ठाउँलाई लास फ्याँकिने ठाउँको रूपमा चित्रण गरिएको छ। मानिस वा जनावरलाई जिउँदै जलाउन वा यातना दिन गेहेन्नामा फाल्ने गरिन्थ्यो भन्ने कुराको कुनै प्रमाण छैन। त्यसैले गेहेन्नाले मानिस मरेपछि उसलाई सधैँभरि आगोमा तड्पाउने ठाउँलाई सङ्केत गरेको हुन सक्दैन। बरु येसु र उहाँका चेलाहरूले “दोस्रो मृत्यु” अर्थात् अनन्त विनाशलाई बुझाउन गेहेन्ना शब्द प्रयोग गर्नुभएको थियो।