फुटनोट
a यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू पुस्तक यसो भन्छ: “भिडिओक्यासेटहरू पक्कै पनि पुस्तकपुस्तिकाद्वारा वा व्यक्तिगत तवरमा साक्षी दिनु बराबर हुनेछैन। सोसाइटीका प्रकाशनहरूले सुसमाचार फैलाउन भविष्यमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनेछन्। यहोवाका साक्षीहरूको घर-घरको प्रचारकार्य धर्मशास्त्रमा आधारित सेवकाईको अभिन्न भाग हो। तथापि, यहोवाका बहुमूल्य प्रतिज्ञाहरूमा विश्वास बढाउन तथा उहाँले अहिले यस पृथ्वीमा गरिरहनुभएका कुराहरूप्रति मूल्यांकन जगाउन यी भिडिओक्यासेटहरूले घर-घरको प्रचारकार्यमा निकै सहयोग पुऱ्याउँछन्।”