फुटनोट
b युनानी शब्द मार्टियस-लाई हिब्रू १२:१ मा “गवाही” भनी अनुवाद गरिएको छ। भुयस्ट वर्ड स्टडिज फ्रम द ग्रीक न्यु टेस्टामेन्ट-अनुसार (अंग्रेजी) यस शब्दले “आफूले देखेको वा सुनेको वा अरू कसै गरी थाह पाएको कुराबारे गवाही दिने वा गवाही दिनसक्ने व्यक्तिलाई” बुझाउँछ। निजेल टर्नरद्वारा लिखित मसीही शब्दहरू-अनुसार (अंग्रेजी) त्यस शब्दको अर्थले त्यस्तो व्यक्तिलाई बुझाउँछ जसले “आफ्नो व्यक्तिगत अनुभव . . . र सत्य तथा विचारधाराहरूबारे दृढ विश्वासको आधारमा कुनै कुरा बताउँछ।”