फुटनोट
a हिब्रू शब्द नेफेश र युनानी शब्द साइके-लाई भारतीय भाषाहरूमा बेग्लाबेग्लै ढंगमा अनुवाद गरिएको छ। जस्तै, “आत्मा,” “जीव,” “जीवात्मा,” “प्राणी,” “देही” र “व्यक्ति”। (उदाहरणका लागि तामिल अथोराइज्ड भर्सन र न्यु हिन्दी बाइबल-मा इजकिएल १८:४ र मत्ती १०:२८ हेर्नुहोस्।) तपाईंको बाइबलले त्यो मूल शब्दलाई “आत्मा,” “प्राण,” भनी एकैनासले अनुवाद गरेको होस् या नहोस्, नेफेश र साइके शब्दहरू कहाँ कहाँ प्रयोग भएका छन् भनी केलाउनुभयो भने पुरातन समयमा परमेश्वरका जनहरूले त्यस शब्दलाई कुन अर्थले लिन्थे, त्यो थाह पाउनुहुनेछ। तब तपाईंले जीवात्माको सही अर्थ बुझ्नुहुनेछ।