फुटनोट
a एपोक्राइफा (शाब्दिक अर्थमा, “अस्पष्ट”) र स्युडेपिग्राफा (शाब्दिक अर्थमा, “शंकास्पद लेखोटहरू”) दुवै सा.यु.पू. तेस्रोदेखि सा.यु. पहिलो शताब्दीका यहूदी लेखोटहरू हुन्। एपोक्राइफालाई रोमन क्याथोलिक चर्चले प्रेरित बाइबलको भागको रूपमा लियो तर यी पुस्तकहरूलाई यहूदी र प्रोटेस्टेन्टहरूले स्वीकारेनन्। स्युडेपिग्राफा बाइबलका केही लोकप्रिय पात्रहरूबारे लेखिएका विस्तृत बाइबल कथाहरू हुन्।