फुटनोट
a नोभेम्बर २०, १८६१ मा अर्थमन्त्री साल्मन पि. चेसले सं.रा.अ.को टकसार विभागलाई यस्तो पत्र पठाए: “कुनै पनि राष्ट्र परमेश्वरको बलविना बलियो हुन सक्दैन वा उहाँको सुरक्षाविना सुरक्षित हुन सक्दैन। परमेश्वरमाथि हाम्रा जनताको भरोसा हाम्रो राष्ट्रिय सिक्कामा घोषणा गर्नुपर्छ।” फलस्वरूप, “हामी परमेश्वरमा भरोसा राख्छौं” भन्ने आदर्श-वाक्य भएको सिक्का पहिलो चोटि १८६४ मा चलनचल्तीमा आयो।