फुटनोट
a पछि गएर शैतान बनेको त्यस स्वर्गदूतको खास नाउँ के हो भनेर त थाह छैन। तर “शैतान” र “दियाबल” शब्दहरूको अर्थ “विरोधी” र “निन्दक” हो। केही पक्षहरूमा शैतानको क्रियाकलाप प्राचीन समयको टायरका राजाको जस्तै छ। (इजकिएल २८:१२-१९) सुरुआतमा त ती दुवैमा कुनै खोट थिएन तर समयको दौडान तिनीहरू आफ्नै अहंकारको शिकार बन्न पुगे।