फुटनोट
b लेवी १९:१८ यसो भन्छ: “आफ्ना आफन्तहरूसित इबी नराख, तर आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर।” यहूदी धर्मगुरुहरूको विचारमा “आफ्ना आफन्तहरू” र “आफ्नो छिमेकी” भनेको यहूदीहरू मात्रै थिए। व्यवस्थाअनुसार इस्राएलीहरू अरू राष्ट्रभन्दा बेग्लै हुनुपर्थ्यो। तर सबै गैर-यहूदी शत्रु हुन् र तिनीहरू प्रत्येकलाई घृणा गर्नुपर्छ भन्ने प्रथम शताब्दीका धर्मगुरुहरूले बढवा दिएको धारणालाई व्यवस्थाले समर्थन गर्दैनथ्यो।