फुटनोट
a हामी झूटको बुबा सैतानले राज गरिरहेको संसारमा बाँचिरहेका छौँ। त्यसैले सत्यमा हिँडिरहन हामीले दिनहुँ सङ्घर्ष गर्नुपर्छ। प्रथम शताब्दीको अन्ततिर बाँचिरहेका ख्रिष्टियनहरूले पनि त्यस्तै सङ्घर्ष गरे। ती ख्रिष्टियनहरू र हाम्रो हितको लागि यहोवाले प्रेषित युहन्नालाई तीन वटा पत्र लेख्न प्रेरणा दिनुभयो। ती पत्रहरूमा लेखिएका कुराहरूले हामीले सामना गर्नुपर्ने अवरोधहरू चिन्न र त्यसलाई कसरी पार गर्न सक्छौँ भनी बुझ्न मदत गर्छ।