फुटनोट
a विगतका दिनहरू सम्झनु रमाइलो हुन सक्छ। तर हामीले विगतका दिनहरूबारे धेरै सोच्ने गऱ्यौँ भने अहिलेको समयलाई पूरापूर सदुपयोग गर्न सक्दैनौँ वा भविष्यको आशालाई बिर्सन सक्छौँ। यस लेखमा हामीलाई विगतमा जिउने हदसम्म पुऱ्याउन सक्ने तीन वटा पासोबारे हामी छलफल गर्नेछौँ। यस्ता पासोहरूबाट जोगिन बाइबल सिद्धान्तहरू र आधुनिक समयका उदाहरणहरूले हामीलाई कसरी मदत गर्छ, त्यो पनि बुझ्नेछौँ।