फुटनोट
a व्यवस्था २३:३-६ मा अम्मोनीहरू र मोआबीहरूलाई इस्राएलको सभाको भाग हुन निषेध गरिएको थियो। यसको अर्थ ती विदेशीहरूले जन्मजात इस्राएली नागरिकहरूले पाउने हकअधिकार पाउँदैनथे जस्तो देखिन्छ। तर यहोवाको स्तर स्विकारेका अम्मोनी र मोआबीहरूलाई परमेश्वरका जनहरूसित सरसङ्गत गर्न र सँगै बसोबास गर्न भने निषेध गरिएको थिएन। धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्ग्रेजी) खण्ड १, पृ. ९५ हेर्नुहोस्।