फुटनोट
b सन् १९१९ मा भएको साँचो उपासनाको पुनर्स्थापनाबारे इजकिएल ३७:१-१४ र प्रकाश ११:७-१२ मा पनि बताइएको छ। सबै अभिषिक्त जनहरू लामो समयसम्म झूटो धर्मको दासत्वमा परेपछि मुक्त हुनेछन् र साँचो उपासना पुनर्स्थापित हुनेछ भनेर इजकिएलले भविष्यवाणी गरेका थिए। प्रकाशको किताबमा गरिएको भविष्यवाणीले नेतृत्व लिइरहेका अभिषिक्त भाइहरूको सानो समूह परमेश्वरको सेवामा फेरि सक्रिय हुने कुरालाई बुझाउँछ। किनकि तिनीहरू झूटो अभियोगमा थुनिएपछि थोरै समयको लागि निष्क्रिय भएका थिए। सन् १९१९ मा तिनीहरूलाई “विश्वासी र बुद्धिमान् दास”-को रूपमा नियुक्त गरियो।—मत्ति २४:४५; यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!, पृ. ११८ हेर्नुहोस्।