फुटनोट
a कहिलेकाहीँ स्वर्गदूतहरूले पनि यहोवाको प्रतिनिधिको रूपमा सेवा गरेका छन् र तिनीहरूले उहाँको नाममा सन्देश सुनाएका छन्। त्यसैले बाइबलमा हेऱ्यौँ भने कुनै-कुनै ठाउँमा स्वर्गदूतले बोलेको कुरालाई यहोवाले बोल्नुभएको जस्तैगरि लेखिएको छ। (उत्प. १८:१-३३) त्यसैगरि बाइबलमा यहोवाले मोसालाई व्यवस्था दिनुभयो भनेर बताइएको छ। तर अरू पदहरू पनि हेऱ्यौँ भने यहोवाले स्वर्गदूतहरूमार्फत व्यवस्था दिनुभयो भनेर बताइएको पाउँछौँ।—लेवी २७:३४; प्रेषि. ७:३८, ५३; गला. ३:१९; हिब्रू २:२-४.