फुटनोट
a थुप्रै ख्रिष्टियन सम्प्रदायले परमेश्वरको राज्य मानिसभित्र अथवा कसैको हृदयभित्र हुन्छ भनेर सिकाउँछ। उदाहरणको लागि, अमेरिकाको सदर्न ब्याप्टिस्ट कन्भेन्सन भनिने ख्रिष्टियन सम्प्रदायले परमेश्वरको राज्यले केही हदसम्म “एक-एक जना मानिसको हृदय र जीवनमा परमेश्वरले गर्नुहुने शासन”-लाई बुझाउँछ भनेर घोषणा गऱ्यो। त्यसैगरि पोप बेनेडिक्ट सोह्रौँले नासरतका येसु (अङ्ग्रेजी) विषयको आफ्नो किताबमा “जब कसैले परमेश्वरको आज्ञा पालन गर्छ, तब परमेश्वरको राज्य आउँछ” भनेर लेखे।