फुटनोट
a बाइबलमा ‘फिरौती’ भनी अनुवाद गरिएका मूल शब्दहरूले कुनै कुरा प्राप्त गर्न तिरिने रकम वा दिइने मूल्यवान् वस्तुलाई बुझाउँछ। हिब्रू क्रिया काफार-ले “ढाक्नु” भन्ने अर्थ दिन्छ। (उत्पत्ति ६:१४) यसले प्रायजसो पाप ढाक्नुलाई बुझाउँछ। (भजन ६५:३) अर्को शब्द कोफेर-ले त्यस्तो पाप ढाक्न वा पापबाट छुटाउन तिरिने मूल्य वा दामलाई बुझाउँछ। (प्रस्थान २१:३०) त्यस्तै ग्रीक शब्द लिट्रन-लाई पनि प्रायजसो “फिरौती” भनेर अनुवाद गरिन्छ। यसलाई “छुटकाराको मोल” भनेर पनि अनुवाद गर्न सकिन्छ। (मत्ती २०:२८, NRV) ग्रीक लेखकहरूले यो शब्द युद्धबन्दी वा दासलाई छुटाउन तिरिने दाम वा मूल्यलाई बुझाउन चलाउँथे।