फुटनोट
e यो भविष्यवाणी जकरियाको किताबमा पाइन्छ तर बाइबल लेखक मत्तिले यसलाई “भविष्यवक्ता यर्मियाद्वारा भनिएको वचन” भनेका छन्। (मत्ति २७:९) धर्मशास्त्रको “भविष्यवक्ताहरूको लेखोट” भनिने खण्डमा यर्मियाको किताबलाई कहिलेकाहीँ सुरुमै राखिन्थ्यो जस्तो देखिन्छ। (लुका २४:४४) मत्तिले पूरै खण्डलाई सङ्केत गर्न “यर्मिया” भनेको हुनुपर्छ, जसमा जकरियाको किताब पनि समावेश छ।