फुटनोट
a साउलको शासनको सुरुतिर जोनाथनबारे बाइबलमा पहिलो पटक उल्लेख गरिँदा तिनी सेनापति भइसकेका थिए। त्यसैले त्यतिबेला जोनाथन कम्तीमा २० वर्ष पुगिसकेको हुनुपर्छ। (गन्ती १:३; १ समुएल १३:२) साउलले ४० वर्ष शासन गरे। त्यसैले साउलको मृत्यु हुँदा जोनाथन लगभग ६० वर्षका र दाउदचाहिँ ३० वर्षका थिए। (१ समुएल ३१:२; २ समुएल ५:४) त्यसैले जोनाथन दाउदभन्दा करिब ३० वर्ष जेठो हुनुपर्छ।