प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg पाठ ५ प्रश्‍न १-५
  • परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • प्रमोदवन
    ब्यूँझनुहोस्‌!—२०१३
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg पाठ ५ प्रश्‍न १-५

पाठ ५

परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?

१. परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?

अदनको बगैंचामा आदम र हव्वा अनि पछि त्यस बगैंचाबाट निकालिंदै

यहोवा परमेश्‍वरले पृथ्वी मानिसहरूलाई दिनुभयो। यो हाम्रो घर हो। त्यसैले पहिलो मानव दम्पती आदम र हव्वालाई स्वर्गमा घरजम गरेर बस्नको लागि बनाइएको थिएन। परमेश्‍वरले स्वर्गमा बस्नको लागि स्वर्गदूतहरू बनाइसक्नुभएको थियो। (अय्युब ३८:४, ७) बरु परमेश्‍वरले पहिलो मानिसलाई अदनको सुन्दर बगैँचामा अर्थात्‌ प्रमोदवनमा राख्नुभयो। (उत्पत्ति २:१५-१७) यहोवाले आदम र तिनका भावी सन्तानलाई पृथ्वीमा सधैँभरि बाँच्ने आशा दिनुभयो।—भजन ३७:२९; ११५:१६ पढ्‌नुहोस्‌।

सुरुमा अदनको बगैँचा मात्रै प्रमोदवन थियो। पहिलो मानव दम्पतीले सन्तान जन्माएर पृथ्वी भर्नुपर्ने थियो। समयको दौडान तिनीहरूले सारा पृथ्वीमाथि अधिकार गरेर यसलाई प्रमोदवन बनाउनुपर्ने थियो। (उत्पत्ति १:२८) पृथ्वी कहिल्यै नाश हुनेछैन। यो सधैँ मानवजातिको घर हुनेछ।—भजन १०४:५ पढ्‌नुहोस्‌।

परमेश्‍वरले किन पृथ्वी सृष्टि गर्नुभयो? भन्‍ने भिडियो हेर्नुहोस्‌

२. पृथ्वी अहिले किन प्रमोदवनजस्तो छैन?

आदम र हव्वाले परमेश्‍वरको आज्ञा मानेनन्‌। त्यसैले यहोवाले तिनीहरूलाई बगैँचाबाट निकालिदिनुभयो। तिनीहरूले प्रमोदवन गुमाए र यसलाई कुनै मानिसले पहिलाको जस्तै अवस्थामा फर्काउन सकेको छैन। बाइबल भन्छ: “पृथ्वी दुष्टहरूको हातमा दिइएको छ।”—अय्युब ९:२४; उत्पत्ति ३:२३, २४ पढ्‌नुहोस्‌।

मानिसहरू पुनर्स्थापित प्रमोदवनमा घर बनाउँदै

के यहोवाले आफूले मानवजातिको लागि सुरुमा राखेको उद्देश्‍य बिर्सनुभएको हो? अहँ, होइन। उहाँ सर्वशक्‍तिमान्‌ हुनुहुन्छ। उहाँ आफ्नो उद्देश्‍य पूरा गरेरै छोड्‌नुहुन्छ। (यसैया ४५:१८) आफ्नो उद्देश्‍यअनुरूप नै उहाँले मानवजातिलाई फेरि प्रमोदवनमा राख्नुहुनेछ।—भजन ३७:११, ३४ पढ्‌नुहोस्‌।

३. पृथ्वीलाई फेरि कसरी प्रमोदवन बनाइनेछ?

येसुले परमेश्‍वरद्वारा नियुक्‍त राजाको रूपमा शासन गर्नुहुँदा पृथ्वी फेरि प्रमोदवन हुनेछ। आरमागेडोन भनिने युद्धमा येसुले स्वर्गदूतहरूको नेतृत्व लिनुहुनेछ र परमेश्‍वरका सबै विरोधीलाई नाश गर्नुहुनेछ। त्यसपछि येसुले दुष्ट स्वर्गदूत सैतानलाई १ हजार वर्षसम्म कैद गर्नुहुनेछ। परमेश्‍वरका मानिसहरू त्यस विनाशबाट बच्नेछन्‌ किनभने येसुले तिनीहरूलाई डोऱ्‍याउनुहुनेछ र सुरक्षा दिनुहुनेछ। तिनीहरूले प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउनेछन्‌।—प्रकाश २०:१-३; २१:३, ४ पढ्‌नुहोस्‌।

४. दुःखकष्टको अन्त कहिले हुन्छ?

पृथ्वीमा भएका खराब कुराहरूलाई परमेश्‍वरले कहिले हटाउनुहुनेछ? येसुले अन्त नजिकै छ भनेर सङ्‌केत गर्ने “चिन्ह” दिनुभयो। अहिलेको संसारको अवस्थाले मानवजातिको अस्तित्वलाई नै खतरामा पारेको छ। यसले हामी “यस युगको आखिरी समय”-मा बाँचिरहेका छौँ भनेर देखाउँछ।—मत्ति २४:३, ७-१४, २१, २२ पढ्‌नुहोस्‌।

येसुले स्वर्गबाट पृथ्वीमाथि १ हजार वर्षसम्म शासन गर्नुहुँदा उहाँले दुःखकष्ट हटाउनुहुनेछ। (यसैया ९:६, ७; ११:९) त्यसबाहेक उहाँले प्रधानपुजारीको रूपमा पनि काम गर्नुहुनेछ र परमेश्‍वरलाई प्रेम गर्नेहरूको पाप पखाल्नुहुनेछ। यसरी परमेश्‍वरले येसुमार्फत रोगबिमार, बुढ्यौली र मृत्यु हटाउनुहुनेछ।—यसैया २५:८; ३३:२४ पढ्‌नुहोस्‌।

५. पृथ्वी प्रमोदवन हुँदा त्यहाँ को बस्नेछन्‌?

मानिसहरू राज्यभवनमा सिक्दै

तपाईँले सभा भवनमा परमेश्‍वरलाई प्रेम गर्ने र उहाँलाई कसरी खुसी पार्ने भनेर सिक्न इच्छुक मानिसहरू भेट्‌नुहुनेछ

परमेश्‍वरका आज्ञा पालन गर्ने मानिसहरू प्रमोदवनमा बस्नेछन्‌। (१ युहन्‍ना २:१७) येसुले आफ्ना अनुयायीहरूलाई नम्र मानिसहरू खोज्न र तिनीहरूलाई परमेश्‍वरसामु ग्रहणयोग्य हुन के गर्नुपर्छ भनेर सिकाउन पठाउनुभयो। अहिले यहोवाले लाखौँ मानिसलाई प्रमोदवनमा बस्न योग्य हुन तयार पार्दै हुनुहुन्छ। (सपन्याह २:३) यहोवाका साक्षीहरूको सभा भवनमा मानिसहरूले असल पति र असल बुबा अनि असल पत्नी र असल आमा बन्‍ने तरिका सिकिरहेका छन्‌। छोराछोरी र आमाबुबाहरू सँगसँगै परमेश्‍वरको उपासना गर्छन्‌ र सुसमाचारले तिनीहरूको जीवन कसरी सुधार्छ भनेर सिक्छन्‌।—मिका ४:१-४ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय ३ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने