प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ४ पृ. ९
  • ‘धेरै धन-सम्पत्तिभन्दा असल नाउँ उत्तम हो’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘धेरै धन-सम्पत्तिभन्दा असल नाउँ उत्तम हो’
  • ब्यूँझनुहोस्‌!—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • नम्रता मानिसको कमजोरी हो या बल?
    ब्यूँझनुहोस्‌!—२००७
  • नम्रता किन धारण गर्नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • “तपाईँको नाम पवित्र पारियोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • तपाईं कसरी नम्रता प्रदर्शित गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ४ पृ. ९
असल नाम कमाएका एक मेकानिक

असल नाम वा इज्जत कमाएका छौं भने अरूको भरोसा र आदर पाउन सक्छौं

‘धेरै धन-सम्पत्तिभन्दा असल नाउँ उत्तम हो’

असल नाउँ वा इज्जत हामी सबैलाई प्यारो लाग्छ। त्यसैले कुनै-कुनै मुलुकमा मानिसको इज्जत वा प्रतिष्ठामा कुनै आँच नआओस्‌ भनेर कानुन बनाइएका छन्‌। यसमा कसैको मान हानि (कुनै व्यक्‍तिको बदनाम गर्ने उद्देश्‍यले लेख छाप्नु वा टिभी, रेडियो र इन्टरनेट मार्फत प्रसारण गर्नु) र निन्दा (कुनै व्यक्‍तिबारे भए नभएको कुरा फैलाउँदै हिंड्‌नु) हुन नदिनु समावेश छ। एउटा पुरानो भनाइ यस्तो छ: “धेरै धन-सम्पत्तिभन्दा असल नाउँको इच्छा गर्नु धेरै उत्तम हो, सुन अथवा चाँदीभन्दा मान-इज्जत अझ असल हो।” (हितोपदेश २२:१) हामी कसरी असल नाम र आदर कमाउन सक्छौं? यस सन्दर्भमा बाइबलमा थुप्रै राम्रा सल्लाह पाइन्छन्‌।

उदाहरणको लागि, बाइबलको भजन अध्याय १५ मा के बताइएको छ, विचार गरौं। “[परमेश्‍वरको] पवित्रस्थानमा कसले बास गर्न पाउनेछ?” भन्‍ने प्रश्‍नको जवाफमा भजनहारले यस्तो लेखे: ‘त्यो मानिस, जसको चाल निर्दोष छ, जसले हृदयबाट सत्य बोल्छ, निन्दा गर्दैन, आफ्नो छिमेकीको बिगार गर्दैन र आफ्नो साथीभाइको अपवाद फैलाउँदैन। जसले भ्रष्ट मानिसलाई घृणा गर्दछ, जसले आफ्नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बदल्दैन, जसले घूस लिंदैन।’ (भजन १५:१-५, NRV) के तपाईं यी सिद्धान्तअनुसारै जीवन बिताउने व्यक्‍तिको आदर गर्नुहुन्‍न र?

त्यस्तैगरि, अरूको आदर कमाउन हामीमा नभई नहुने अर्को गुण नम्रता हो। हितोपदेश १५:३३ यसो भन्छ, “आदरको मार्ग नम्रता हो।” नम्र व्यक्‍तिहरू आफूमा कस्ता कमीकमजोरी छन्‌ होसियार भई जाँच्छन्‌ र त्यो सुधार्न कदम चाल्छन्‌। तिनीहरू कसैको चित्त दुखाउँदा माफी माग्न हिचकिचाउँदैनन्‌। (याकूब ३:२) घमन्डीहरू चाहिं त्यस्तो हुँदैनन्‌, तिनीहरू सानो कुरामा पनि झनक्क रिसाइहाल्छन्‌। हितोपदेश १६:१८ यसो भन्छ, “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।”

यदि कसैले तपाईंको बारेमा भए नभएको कुरा फैलाउँदै हिंड्यो भने के गर्नुहुन्छ? तपाईं रिसको झोंकमा सोच्दै-नसोची केही गर्नुहुन्छ कि? आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘आफूलाई निर्दोष साबित गर्ने धुनमा के म त्यो झूटलाई अझै फैलाइरहेको पो हुन्छु कि?’ कहिलेकाहीं कानुनी सहायता लिनुपर्ने हुन सक्छ तर बाइबलमा यस्तो राम्रो सल्लाह दिइएको छ: “तैंले देखेको कुरा बताउन तँ अदालतमा झट्टै नजा।” बरु, “तेरो छिमेकीसितको झगडा तँ आफै छलफल गर्‌।” (हितोपदेश २५:८, ९)a यसरी सोचविचार गरेर शान्तपूर्वक अवस्थालाई सुल्झाउनुभयो भने तपाईंले अनावश्‍यक कानुनी झमेला बेहोर्नुपर्ने छैन।

बाइबल केवल धर्मको किताब मात्र होइन। बरु, हाम्रो जीवनमा चाहिने भरपर्दो सल्लाहहरू भएको किताब हो। असल नाम र आदर पाउन चाहिने गुणहरू खेती गर्न हामी सबैले यसमा दिइएका सल्लाहहरू लागू गर्नुपर्छ।

a विवाद सुल्झाउने विषयमा बाइबलका थप सिद्धान्तहरू मत्ती ५:२३, २४; १८:१५-१७ मा दिइएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने