प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख ९२
  • साँचो धर्म कसरी चिन्‍न सक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो धर्म कसरी चिन्‍न सक्छु?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • के तपाईंले सही धर्म भेट्टाउनु भएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • तपाईं साँचो धर्म कसरी चिन्‍न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरले स्वीकार्नुहुने उपासना
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • साँचो धर्म कसरी चिन्‍ने
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख ९२
एक जना मान्छे चौबाटोमा उभिएर सडकमा राखिएको सङ्‌केत हेर्दै

साँचो धर्म कसरी चिन्‍न सक्छु?

बाइबलको जवाफ

साँचो धर्म मान्‍ने र नमान्‍ने मानिसहरूबीचको भिन्‍नता थाह पाउन बाइबलमा दिइएको एउटा उदाहरणले मदत गर्छ। बाइबल भन्छ: “तिनीहरूका फलबाटै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के मानिसहरूले कहिल्यै काँडाको झाङबाट अङ्‌गुर र जङ्‌गली झारबाट अन्जिर बटुल्छन्‌ र?” (मत्ति ७:१६) जसरी तपाईँ फल हेरेर अङ्‌गुरको बोट हो कि काँडाको झाङ भनेर छुट्ट्याउन सक्नुहुन्छ, त्यसैगरि तपाईँ कुन साँचो धर्म हो भनेर त्यसको फलबाट अर्थात्‌ कामबाट छुट्ट्याउन सक्नुहुन्छ। तल दिइएका साँचो धर्मका विशेषताहरूले पनि यसो गर्न मदत गर्छ:

  1. १. साँचो धर्मले बाइबलमा आधारित सत्य सिकाउँछ, मानव दर्शनमा आधारित होइन। (युहन्‍ना ४:२४; १७:१७) यसमा जीवनबारे र प्रमोदवन अर्थात्‌ सुन्दर बगैँचामा सधैँभरि बाँच्ने आशाबारे सत्य कुरा सिकाउनु पनि समावेश छ। (भजन ३७:२९; यसैया ३५:५, ६; इजकिएल १८:४) साँचो धर्म झूटा धार्मिक शिक्षाहरूको पर्दाफास गर्न पनि पछि हट्‌दैन।—मत्ति १५:९; २३:२७, २८.

  2. २. साँचो धर्मले परमेश्‍वरलाई चिन्‍न मदत गर्छ अनि उहाँको नाम यहोवा हो भनेर पनि सिकाउँछ। (भजन ८३:१८; यसैया ४२:८; युहन्‍ना १७:३, ६) यसले परमेश्‍वरलाई चिन्‍न सम्भव छैन वा उहाँ कसैको वास्ता गर्नुहुन्‍न भनेर सिकाउँदैन। बरु हामी उहाँको नजिक भएको उहाँ चाहनुहुन्छ भनेर सिकाउँछ।—याकुब ४:८.

  3. ३. परमेश्‍वरले येसु ख्रिष्टमार्फत हाम्रो उद्धार गर्नुहुन्छ भनेर साँचो धर्मले सिकाउँछ। (प्रेषित ४:१०, १२) साँचो धर्म मान्‍नेहरू येसुका आज्ञाहरू पालन गर्छन्‌ र उहाँको नमुना पछ्याउन सक्दो गर्छन्‌।—युहन्‍ना १३:१५; १५:१४.

  4. ४. साँचो धर्मले मानिसजातिको समस्याको समाधान परमेश्‍वरको राज्यले मात्र गर्छ भनेर जोड दिन्छ। साँचो धर्म मान्‍नेहरू जोसका साथ यस राज्यबारे अरूलाई बताउँछन्‌।—मत्ति १०:७; २४:१४.

  5. ५. साँचो धर्मले निःस्वार्थ प्रेम देखाउन प्रोत्साहन दिन्छ। (युहन्‍ना १३:३५) यसले हरप्रकारका मानिसहरूको आदर गर्न सिकाउँछ। साथै सबै जाति, संस्कृति, भाषा र पृष्ठभूमिका मानिसहरूलाई स्विकार्छ। (प्रेषित १०:३४, ३५) साँचो धर्म मान्‍नेहरू सबैलाई प्रेम गर्ने भएकोले युद्धमा भाग लिँदैनन्‌।—मिका ४:३; १ युहन्‍ना ३:११, १२.

  6. ६. साँचो धर्ममा तलब लिएर काम गर्ने धर्मगुरुहरू हुँदैनन्‌। साँचो धर्म मान्‍नेहरूको सङ्‌गठनमा कसैलाई पनि उच्च धार्मिक पदवी वा उपाधि दिइँदैन।—मत्ति २३:८-१२; १ पत्रुस ५:२, ३.

  7. ७. साँचो धर्म राजनैतिक मामिलाहरूमा तटस्थ रहन्छ। (युहन्‍ना १७:१६; १८:३६) साँचो धर्म मान्‍नेहरू सरकारी अख्तियारवालाहरूको आदर गर्छन्‌ र अधीनमा बस्छन्‌। तिनीहरू बाइबलको यो सिद्धान्तअनुसार चल्छन्‌: “जे-जे सिजरका [सरकारी अख्तियारवालाका] हुन्‌, सिजरलाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”—मर्कुस १२:१७; रोमी १३:१, २.

  8. ८. साँचो धर्म कुनै रीतिथिति वा औपचारिकतामा मात्र सीमित हुँदैन बरु यसको शिक्षा जीवनको हरेक पक्षमा लागू हुन्छ। साँचो धर्म मान्‍नेहरू बाइबलमा दिइएका उच्च नैतिक स्तरअनुरूप जीवन बिताउँछन्‌। (एफिसी ५:३-५; १ युहन्‍ना ३:१८) करकापमा परेर वा मन नलागी-नलागी होइन तर तिनीहरू रमाई-रमाई “आनन्दित परमेश्‍वरको” सेवा गर्छन्‌।—१ तिमोथि १:११.

  9. ९. साँचो धर्म मान्‍नेहरूको सङ्‌ख्या थोरै हुन्छ। (मत्ति ७:१३, १४) परमेश्‍वरको इच्छाअनुरूप चलेको हुनाले तिनीहरूलाई प्रायः हेला गरिन्छ, बदनाम गरिन्छ अनि सताइन्छ।—मत्ति ५:१०-१२.

‘मलाई यो धर्म सही लाग्छ’ भन्दैमा त्यो साँचो धर्म नहुन सक्छ

आफ्नो व्यक्‍तिगत विचारधाराको आधारमा मात्रै धर्म छनौट गर्दा खतरा हुन सक्छ। बाइबलमा यस्तो समयबारे भविष्यवाणी गरिएको छ, जब मानिसहरूले ‘आफूलाई जे सुन्‍न मन पर्छ, त्यही मात्र सुनाउने शिक्षकहरू भेला पार्छन्‌।’ (२ तिमोथि ४:३) त्यसको ठीक उल्टो, बाइबलले हामीलाई “परमेश्‍वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना” गर्ने धर्म मान्‍न प्रोत्साहन दिन्छ, जुन त्यत्ति लोकप्रिय नहुन सक्छ।—याकुब १:२७, फुटनोट; युहन्‍ना १५:१८, १९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने