प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • वक्‍ता र शिक्षकको रूपमा क्षमता विकास गर्न मदत दिने स्कूल
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • वक्‍ता र शिक्षकको रूपमा क्षमता विकास गर्न मदत दिने स्कूल

      तपाईं जवान होस्‌ वा वृद्ध, पुरुष होस्‌ वा स्त्री, यस पाठ्यक्रमले तपाईंलाई आफ्नो विचार अझ प्रभावकारी ढङ्‌गमा व्यक्‍त गर्न र परमेश्‍वरको वचनको अझै योग्य शिक्षक बन्‍न मदत गर्छ।

      ईश्‍वरतान्त्रिक सेवा स्कूलमा कुन भाग कसले प्रस्तुत गर्ने हो, त्यसको निर्णय स्कूल निरीक्षकले गर्छन्‌। यसपछिका तीन पृष्ठमा व्यक्‍तिगत सल्लाह फाराम दिइएको छ। काम गर्नुपर्ने बुँदाअगाडि दिइएको सङ्‌ख्याले यो पुस्तकमा त्यो बुँदा कुन अध्यायमा छलफल गरिएको छ भन्‍ने कुरालाई सङ्‌केत गर्छ। बोल्न र सिकाउन कसरी पोख्त हुन सकिन्छ र प्रत्येक बुँदा किन महत्त्वपूर्ण छ भनेर ती अध्यायमा छलफल गरिएको छ। दिइएको सल्लाह कसरी लागू गर्ने भनेर पनि तपाईंले सिक्न सक्नुहुनेछ।

      सल्लाह फाराममा प्रयोग गरिएका रङ्‌गले प्रस्तुत गर्ने भागमा कुन-कुन बुँदा पर्छन्‌ भनेर बुझ्न मदत गर्छ। प्रस्तुत गर्ने भागमा (१) श्रोतासामु पढ्‌नु, (२) दुई वा दुईभन्दा धेरैले प्रदर्शन प्रस्तुत गर्नु अथवा (३) मण्डलीको लागि भाषण दिनु समावेश छ। स्कूल निरीक्षकले तपाईंले काम गर्नुपर्ने बुँदा तोकिदिनेछन्‌। एक पटकमा एउटा बुँदामा काम गर्नु राम्रो हो। अध्यायको अन्तमा दिइएको अभ्यास गरेर अझै लाभ उठाउनुहोस्‌। तपाईंले काम गर्नुपर्ने बुँदाबारे छलफल गरिएको अध्यायमा दिइएको सल्लाह राम्रोसँग लागू गरेर देखाउनुभयो भने स्कूल निरीक्षकले तपाईंलाई अर्को बुँदामा काम गर्न दिनेछन्‌।

      प्रस्तुत गर्ने भाग प्रदर्शनको रूपमा देखाउनुपर्ने हो भने भूमिका राख्नुपर्छ। के-कस्तो भूमिका राख्न सकिन्छ भन्‍नेबारे पृष्ठ ८२ को सूची हेर्नुहोस्‌। तर त्यहाँ दिइएका भूमिका मात्रै प्रयोग गर्नुपर्छ भन्‍ने छैन; अरू भूमिका पनि प्रयोग गर्न सक्नुहुन्छ। तपाईंले अनुभव हासिल गर्न सकोस्‌ भनेर स्कूल निरीक्षकले कुनै खास भूमिका राख्न भन्लान्‌ अथवा तिनले तपाईंलाई नै भूमिका छान्‍न लगाउलान्‌।

      स्कूलमा तपाईंको कुनै भाग छैन भने पनि यो किताब पढेर अनि यसमा दिइएका अभ्यास गरेर तपाईं प्रगति गर्न सक्नुहुन्छ। सायद तपाईं हरेक हप्ता नयाँ-नयाँ अध्याय पढ्‌न सक्नुहुन्छ।

      स्कूलमा भाग लिएको अथवा प्रचारमा भाग लिएको वर्षौं भइसकेको भए तापनि तपाईंले अझै प्रगति गर्न सक्ने ठाउँ छ। ईश्‍वरतान्त्रिक सेवा स्कूलमार्फत दिइने शिक्षाबाट तपाईंले पूरापूर फाइदा उठाउन सकोस्‌।

  • तपाईंको सल्लाह फाराम
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • [पृष्ठ ७९-मा भएको चित्र]
      [पृष्ठ ८०-मा भएको चित्र]
      [पृष्ठ ८१-मा भएको चित्र]

      तपाईंको सल्लाह फाराम

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने